खोज–अनुसन्धान

पकडीको विशाल जनसभाले ल्याउनेछ कपिलवस्तु मै हलचल




कपिलवस्तु ९ असोज । नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुको आयोजनामा जिल्लाको पकडीमा विशाल जनसभा हुने भएको छ । जनसभा तथा पाटी प्रवेश कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवं पुर्व मन्त्री प्रदिप ज्ञवाली लगायतका केन्द्रीय नेताकपिलवस्तु आउने तय भएको छ । उक्त कायक्रममा विगतमा वर्तमान भौतिक पूर्वाधार मन्त्री (लुम्विनी प्रदेश) शहषराम यादवसंग अत्यन्तै झिनो मतले पराजित लोसपाका केन्द्रिय नेता मकसुधन चौधरी सहित लोसपाका प्राय सबै नेता कार्यकर्ता एमालेमा प्रबेश गर्नेछन् ।
यहि आउदो असोज ११ गते पकडीमा हुने कार्यक्रममा जिल्ला भरका हजारौं कार्यकर्ताको उपस्थिती रहने तथा हजारौं मानिसहरु एमाले प्रवेश गर्ने कार्यक्रम रहेको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो । देशमा एमालेको आवश्यकता जनताले महशुस गर्दै गएको र एमालेमा आउने जनलहर बढेको भन्दै नेता शर्माले सबै जनताहरु एमालेमा गोलबन्द हुन आवहान समेत गर्नु भएको छ । उक्त जनसभा कार्यक्रममा पाटीका कार्यकर्ता , शुभचिन्तक सबैलाई उत्साहजनक उपस्थिती भई ज्ञान आर्जन गर्न र जनसभा सफल पार्न नेकपा एमाले कपिलवस्तुले सबैमा अपिल गरेको छ । उक्त सभामा ८ हजार बढिको जनसहभागिता रहने पाटी प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

प्रकाशित : ९ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६