प्रदेश

चार नम्बरमा ‘कृष्ण फर्निचर तथा काष्ठ उद्योग’ स्वरुमको शुभारम्भ



कपिलवस्तु, १० असोज ।
जिल्लाको ४ नं तौलिहवा रोडमा कृष्ण फर्निचर तथा काष्ठ उद्योगको स्वरुम शुभारम्भ गरिएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरेले स्वरुमको समुद्घाटन गरेका हुन् । घटस्थापनाको दिन पारेर फर्निचर स्वरुमको एक कार्यक्रमका विच समुद्घाटन गरिएको हो । समुद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ कपिलवस्तुका निवर्तमान अध्यक्ष उमानाथ पौडेल ,निवर्तमान वडाध्यक्ष गणेश क्षेत्री , स्थानिय उद्योगी व्यापारी , संचारकर्मी लगाएतको उपस्थिति रहेको रहेको थियो ।

३ जना युवाको संयुक्त लगानीमा ओदारी मा चिरान मिल सहित फर्निचरबाट उत्पादित समान विक्रि गर्ने र स्थानिय उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्यले स्वरुमको उद्घाटन गरिएको बताईएको छ ।
स्वरुम संचालनमा आएसंगै विभिन्न आर्कषक डिजाईनका फर्निचर सजावटका सामान खरिदकै लागि बुटवल लगाएतका बजारमा धाउन नपर्ने सुविधा थपिएको र ति क्षेत्रहरुमा समेत याँ उत्पादित वस्तुहरुको विक्रि गर्ने गरि तयारी गरिएको संचालकहरुको भनाई छ ।

प्रकाशित : १० आश्विन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६