प्रदेश

पर्यटकलाई विमानस्थलमा स्वागत



काठमाडौं, ११ असोज ।
४३औं विश्व पर्यटन दिवसको अवसर पारी मंगलबार पहिलो उडानबाट काठमाडौं आएका पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मंगलबार बोर्ड र ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल ९टान०ले विमानस्थलमा पर्यटकलाई स्वागत गरेको हो ।

काठमाडौंमा हिमालय एयरलाइन्सबाट अवतरण गरेका पर्यटकलाई स्वागत गरिएको हो । नेपालसहित विश्वभर मंगलबार विश्व पर्यटन दिवस मनाइँदैछ । दिवसका अवसरमा पर्यटनसँग सम्बन्धित संघ–संस्था तथा निकायले विभिन्न कार्यक्रम–गतिविधि गरिरहेका छन् । यस वर्ष ‘रिथिन्किङ टूरिजम’ नाराका साथ पर्यटन दिवस मनाइँदैछ ।

उता, पर्यटन दिवसको अवसर पारी भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटकलाई समेत भक्तपुरमा स्वागत गरिएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकको पहिलो समूहलाई स्वागत गरिएको हो । उनीहरुलाई खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छा प्रदान गरिएको थियो ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६