प्रदेश

कांग्रेस लुम्बिनीको घोषणापत्र तयारी समिति गठन




कपिलवस्तु, ११ असोज ।
नेपाली कांग्रेस लुम्बिनीले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि लुम्बिनी प्रदेश घोषणा पत्र तयारी समिति गठन गरेको छ । प्रदेश सभापति अमर सिंह पुनले प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यको संयोजकत्वमा २१ सदस्य प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ लुम्बिनी प्रदेश घोषणा पत्र तयारी समिति निर्माण गरिएको हो ।

सहमहामन्त्री निमा गिरीसहित प्रदेश कार्यसमिति सदस्य तथा अन्य सदस्यहरू सहितको घोषणा पत्र तयारी समिति गठन गरिएको हो ।

डा. सन्दीप सुवेदी सदस्यसचिव रहेको समितिमा प्रदेश सदस्यहरू यस्तै सदस्यहरूमा डा. तारा बन्जाडे, डा. नहकुल केसी, डा. मुक्तिराम श्रेष्ठ, डा. दामोदर भुसाल, दीपक सुवेदी, लेखनाथ पोखरेलै, गोकर्ण बन्जाडे, अपिल केसी, ई.संहाबुद्धन खाँ, ई। अमृत ज्ञवाली, मो.अर्सफ हलुवाई मुसलमान, अमन भुसाल, सन्तोष चौधरी, कुसुम थापा मगर, ई. रञ्जन काफ्ले र शर्मिला आचार्य रहेको काँग्रेस लुम्बिनी प्रदेश सचिव तेज कुमारी तेजु ले जानकारी दिए ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६