प्रदेश

मधेसलाई गुल्जार बनाउने धर्तीपुत्रले विना झण्झट नागरिकता पाउनु पर्छः एमाले उप–महासचिव ज्ञवाली




जानु पाण्डे
कपिलवस्तु असोज ११ गते ।
औलो सँग लडेर मधेसलाई गुल्जार गर्ने धर्तीपुत्र मधेसी जनताले बिना झण्झट नागरिकता पाउनु पर्ने एमाले उप–महासचिव प्रदिप ज्ञवालीले बताउनु भएको छ ।कपिलवस्तुमा आयोजित पार्टी प्रवेश तथा बृहत जनसभामा बोल्दै नेता ज्ञवालीले सीमाको रक्षा गर्ने मधेसी जनतालाई नागरिकताबाट बन्चित गराउन नुहने बताउनु भयो ।
उहाले नेपालमा जन्मिएका सबै नागरिकलाई बंसजका आधारमा नागरिकता दिनु पर्ने एमालेको माग रहेको टिप्पणी गर्नु भएको थियो । नागरिकताको विषयमा लिएर गठवन्धनका कार्यकर्ताले भ्रम फैलाउदै एमालेलाई मधेस विरोधीको संज्ञा दिएको बताउनु भएको थियो । एमाले नेतृत्वको सरकारले गत वर्ष नै नागरिकता विधयेक पास गरेको बताउदै नागरिकता जनता सँग प्रत्यक्ष जोडिएको विषय भएको हुँदा राजनैतिक मुद्धा बनाउन नमिल्ने जिकिर गर्नु भएको थियो ।
उहाँलेबिदेशीबुहारीलाई नेपालको रहन सहन सिक्न केही समय दिनु पर्ने बताउनु भयो । उहाँहरुलाई नेपालको रहन सहन, सस्कृती, चालचलन सिक्ने अवधि पछि नागरिकता दिनु पर्नेमा जोड दिनु भयो । उहाले एमाले नेतृत्वको सरकारले तराई मधेसका धेरै समस्या समाधान गरेको दाबी गर्नु भएको थियो । तराई मधेसमा सिंचाईको समस्या समाधान गर्न ठुला सिंचाई प्रणालीको सुरुवात एमालेको पालामा भएको बताउनु भयो ।
उहाले तराई मधेसमा विकासको काम गरेको कारण एमाले प्रति प्रवेश गर्नेको जनलहर चलेको बताउनु भयो । अहिले एमाले विरुद्ध चौतर्फी घेरा बन्दी रहेको छ । गठवन्धनको नाममा र अन्य नाममा घेरावन्दी भए पनि एमाले प्रति जनलहर बढेको बताउनु भयो ।
सभामा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य मधुसुधन चौधरी, जिल्ला अध्यक्ष कैलास अग्रहरी सहित एघार सय बढीनेता कार्यकर्तालाई पार्टी उपमहासचिव ज्ञवालीले एमाले प्रवेस गराउनु भएको यियो । मधेसको सवालमा एमाले सधै स्पष्ट भएको हुँदा एमाले रोजेको मधुसुधन चौधरीले बताउनु भयो । नव प्रवेशी चौधरीलाई एमालेले प्रदेश सभा सदस्यमा उम्मेदवार बनाउने चर्चा चलेको छ ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६