खोज–अनुसन्धान

नयाँ प्रदेशसभा भवनको पहिलो कार्यक्रम : एमालेको बहिस्कार ,सत्तापक्षको आंशिक उपस्थिती




दाङ १५ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसदहरुले बहिस्कारका बिच लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको बिदाई तथा सम्मान कार्यक्रममा सत्ता पक्षका सांसद र गठबन्धन सरकारका मन्त्री नै गएनन्।निर्वाचन आयोगले गत असोज १ गतेदेखि प्रदेश र प्रतिनिधिसभाको कार्यकाल समाप्त भएको र असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता समेत जारी गरेपनि लुम्बिनी प्रदेशसभा सचिवालयले त्यसलाई वेवास्ता गर्दै बिदाई तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो।
प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजना गरिएको उक्त कार्यक्रमका सम्वन्धमा नेकपा एमालेले बहिस्कार गर्ने घोषणा गरेको थियो भने सत्तागठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले सल्लाह नगरी आयोजना गरिएको भन्दै आपत्ती जनाएको थियो।निर्वाचन आचारसंहिता जारी भएको दुईदिन पछि हतारहतार देउखुरीमा निर्माणाधिन प्रदेशसभा भवनमा आयोजना गरिएको उक्त कार्यक्रममा नेकपा एमालेका पुर्व प्रदेश सांसदहरुले भने यसअघि नै उपस्थित नहुने बताएका थिए। भने मौन बसेका कांग्रेस सांसद र सरकारका मन्त्रीहरु समेत कार्यक्रममा गएनन्।२०७४ सालको पहिलो प्रदेशसभा निर्वाचनबाट ८७ जना निर्वाचित भएपनि ७ जना सांसदहरु विभिन्न कारणबाट पदमुक्त भएपछि प्रदेशसभाको कार्यकाल समाप्त हुँदा सांसदहरुको संख्या ८० जनामा सिमित भएको थियो।
नेकपा एमालेका ३६, नेकपा माओवादी केन्द्रका १८, नेपाली कांग्रेसका १९, जनता समाजवादी पार्टी नेपालका ४ तथा राष्ट्रिय जनमोर्चा एक र स्वतन्त्र एक गरी ८० जना प्रदेशसभा सदस्य रहेकोमा शुक्रवार आयोजित कार्यक्रममा भने ७ जना मन्त्री र १५ जना प्रदेशसभा सदस्यको मात्रै उपस्थिती रह्यो।प्रदेशमा १३ जना क्याविनेट मन्त्री र तीन जना राज्यमन्त्री गरी १६ जनाको जम्बो मन्त्री मण्डल छ। तर शुक्रवारको कार्यक्रममा भने सरकारका आधा मन्त्री पनि उपस्थित भएनन्।
प्रदेश प्रमुख अमिक शेरचन प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसी, आन्तरिक मामिला कानुन तथा संचार मन्त्री तीलकराम शर्मा, आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्का, स्वास्थ्यमन्त्री इन्द्रजीत थारु, उद्योग मन्त्री अजयबहादुर शाही, आर्थिक मामिला राज्यमन्त्री सुस्मा यादव र उर्जा राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ मात्रै सहभागी थिए। बाँकी अन्य मन्त्री र राज्यमन्त्री देखिएनन्।नेकपा एमालेले घोषित रुपमै उपस्थिती नहुने जनाएको उक्त नेपाली कांग्रेसबाट एकजना मन्त्री र एकजना पुर्व सांसद मात्रै उपस्थित रहेका छन्। नेपाली कांग्रेसबाट सरकारका राज्यमन्त्री रहेका दाङका अर्जुनकुमार श्रेष्ठ र पुर्व प्रदेशसभा सदस्य शंकर गिरी कार्यक्रममा सहभागी भएपनि शहरी तथा ग्रामिण विकास मन्त्री समेत रहेका दाङकै डिल्लीबहादुर चौधरी भने उपस्थित भएनन्।
प्रदेशसभामा नेपाली कांग्रेसबाट संसदिय दलका नेता रहेका विरेन्द्रकुमार कनौडिया, प्रमुख सचेतक फकरुद्धिन खान, सचेतक निर्मला क्षेत्री कसैको पनि सहभागिता नभएपछि अरु पुर्व सांसदहरु पनि सहभागि भएनन्।प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका खानले नेपाली कांग्रेसले कार्यक्रममा उपस्थिती नहुन कसैलाई ह्वीप जारी नगरेपनि आफुहरु भने सहभागि नभएको बताए। ‘नेपाली कांग्रेसले कार्यक्रममा सहभागि नहुन कसैलाई पनि ह्वीप जारी गरेको थिएन, तर हामि पदाधिकारी भने कोहि पनि सहभागि भएनौं,’ खानले भने।जनता समाजवादीबाट सरकारमा सहभागि रहेका तिनैजना मन्त्रीहरु सहसराम यादव, पुर्मती ढेंगा र सुमन शर्मा रायमाझी तथा प्रदेशसभामै एकिकृत समाजवादीबाट एकमात्र सांसद रहेकी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ति पनि कार्यक्रममा अनुपस्थित रहिन्।

प्रकाशित : १५ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६