खेलकुद

बाहिरी मुलुकमा खेलाईने खेल ‘साइकल प्लाङक व्यालेन्स’ प्रतियोगिता कपिलवस्तुमा (फोटो फिचर)



हरि घिमिरे
कपिलवस्तु, १५ असोज ।
बाहिरी मुलुकमा खेलाईने खेल ‘साइकल प्लाङ्क ब्यालेन्स’ प्रतियोगिता नेपालमै पहिलो पटक कपिलवस्तुमा सञ्चालन भईरहेको छ । साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्रयाक बनाएर साईकल चलाउने खेल) प्रतियोगितामा र्दशक तथा खेलाडिको उत्साहजनक सहभागिता छ ।

सामाजिक तथा मानवीय कार्यमा क्रियाशिल लायन्स क्लव अफ कपिलवस्तुले आयोजना गरेको साहसी र अनौठो प्रतियोगिता राजापानीमा संचालन भईरहेको छ । खेल ४४ मिटरको दुरीमा खेलाईएको छ । दुरि पार गर्नेमा १८ बर्ष मुनिका बालक देखि ४० भन्दा तलका युवाहरु रहेका छन् ।

राजापानीको पर्यटकीय महत्व प्रवद्र्धन गरि पर्यटकको संख्यामा वृद्धि गर्न र मनोरन्जन प्रदान गर्ने यो साहसी र नौलो प्रतियोगिता आयोजना गरिएको लायन्स क्लव अफ कपिलवस्तुले जनाएको छ ।

प्रतियोगितामा कपिलवस्तु, रुपन्देही लगायतका विभिन्न स्थानबाट सहभागीहरुले भाग लिएका छन् ।

प्रतियोगितामा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय पिपरा, नेपाल प्रहरी, एपिएफले सुरक्षा प्रदान गरेका छन् भने स्वास्थ्य सुरक्षाको लागि प्राथमिक उपचार, एम्बुलेन्सका लागि सि एण्ड सी अस्पतालसंग पनि सहकार्य गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्धितिय हुनेले २५ हजार र तृतिय हुनेले १५ हजार र सान्त्वना हुनेले स्मार्ट वाच प्राप्त गर्नेछन् ।

तस्बीरमा प्रेसपाटि ‘साइकल प्लाङ्क ब्यालेन्स’ प्रतियोगिता

प्रकाशित : १५ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६