डिलाराम भुसाल
कपिलवस्तु, १५ असोज ।
दशैंको चहलपहलसंगै केराको माग बढेको छ । घटस्थापनाका बेला ब्रत बस्ने र पुजाआजा गर्नेहरु बढी हुने हुदा केराको माग दोब्बर बढेको हो ।
कपिलबस्तुको सदरमुकाम तौलिहबामा फलफुल बेच्ने थोक ब्यवसायीहरु अहिले केराको माग बढे पछि उत्साहित भएका छन्् । उनीहरुलाई अहिले केरा बेच्ने चटारो छ । माग बढे पछि उनीहरुले भारत बाट केरा आयता गर्ने गरेको बताउछन् । पहिले दैनिक १० क्बिण्टल केरा बिक्री हुन्थ्यो भने अहिले दैनिक २५ क्बिण्टल बढी बिक्री हुने गरेको मुस्कानप फुड सब्जी का संनचालक गुडु रैनिले बताए । “अहिले दुर्गालागे पछि सातामा सजिलै २५ मेट्रिक टन बिक्री हुन्छ” उनले बताए । माग बढी आईरहेकाले अझै बढला जस्तो छ, जति बढे पनि पु¥याउने किसिमले प्रबन्ध मिलाएका छौं रैनिले बताए । उनले भारतको बिहारबाट केरा ल्याई बिक्री गरिरहेको बताउदै ब्यापारीका एक जना प्रतिनिधी केरा धनीलाई पैसा बुझए पछि बिहारबाट केरा लिएर गाडी हिडने गरेको बताएका छन् । उता सदरमुकामको अन्य फलफुल भण्डारका ब्यवसायी हरुलाई पनि केरा बिक्रीको भ्याई नभ्याई छ । फलफुल ब्यबसाहिका अनुसार अहिले दैनिक २५ क्बिण्टल बढी केरा बिक्री गरिरहेको बताउछन् ।
यहा बासुडी, भुसाबल र नौगडिया जातका केराहरु बिक्री बितरण हुदै आएका छन् । घटस्थापनाका बेला धेरै जना ब्रत बस्ने र पुजाआजा गर्ने हुनाले शुद्ध मानिने फलका रुपमा रहेको केरा बढी प्रयोग हुने पंडित बेदुराम प्रोखेलले बताए । उनले पुजाआजामा पनि भगबानलाई फलका रुपमा केरा नै चढाईने हुदा पनि केराको माग बढेको बताए । केरामा माग बढे पनि मुल्य भने खासै बढेको छैन् । अहिले यहा प्रति किलो केरा २५देखि ३० रुपैया रहेको छ ।









प्रतिक्रिया