बुटवल असोज १६, । बुटवलको गर्मी यसै नै मलाइ वाक्क लाग्छ अझै अफिस जाने आउने 17 किलोमीटर बाटो को दैनिक यात्रा ले मलाइ साझमा घर निकै थकाइ महसुस गराउछ।आज पनि उहीँ यात्रा अझै आज घरमा एक्लै , म खाना पकाउने सोचलाई भोलिलाई सार्दै भित्तामा किल्लाको सामर्थ्य मा अडिएको ऐना सङ्ग आखा जुदाउनै टम्म मिलेका दात मुस्कान शीत खोल्दिदा ऐना लझाएजस्तो महसुस भयो तर जब बाटो को धुलो ले सेतो सटको गलामा कालो धब्बा देखे तब लजाइ रहेको ऐना ले जिसकाइ रहेको महसुस भयो।महिलो सट र पाइट लाई शरीरबाट निकालेर फ्याक्ने सम्म जगर नभएर बेड मा पल्टिन साथ खै मोबाइल हेर्ने जागर कहाँ बाट आयो। फेसबुक को पहिलो पाना मा निजामती सम्बन्धि सूचना ले मलाइ मैले भोर्नु पर्ने फम को याद दिलायो ।दराजको ढोकाको पलेटा खोलेर जब रेकर्ड फाइल खोल्दा पहेलो खाम भित्र निकै सुरक्षीत एक कागजले मेरो ध्यान खिच्यो।पत्र निकालेर जब त्यो पत्र को शब्दमा आखा जुदाउदा 6 बर्ष पुरानो याद फर्केको अनुभव भयो र म पत्रलाई एक्लै बाचन गर्न लागे।
” बाला आज निकै साहसका साथ यो पत्रमा मनमा दबाउन खोजेका शब्द लाई कागज र कलम को द्वन्द बाट मनमा आगोको तापले जस्तो पोलेका भावना समेट्दै छु।कक्षा 11 को पहिलो दिन म रन्जु सङ्ग बोलिरहेको थिए ,कक्षा मा पहिले दिन भएर होला सबै खुसी देखिन्थे र नया साथी सङ्ग परिचय गरिरहेका थिए,कसैमा त जिरे खुर्सानी को मुन्द्रेले जस्त्तो थर्ड थर्ड डिभिजन मा SLC पास गरेको सानो सोच्छौ भन्ने डाइलग लाई साथ दिए जस्तो लाग्थ्यो।यत्तिकैमा 4 जना नया केटाहरु ढोका बाट भित्र छिरे,त्यो मध्ये एक तिमी थिएउ,गोरो,फुच्छे ,हसिलो मुहार कालो टि-सट जिन्स को पाइन्ट शीत साइड ब्याग मा तिमि अनि त्यो बेला म तिमी लाई हेरिरहेकि थिए त्यत्तिकैमा रन्जु ले मलाई कानमा खुसुक्क कोमल पहिलो भेटमा नै माया बस्यो कि क्या हो भन्दा उ अल्लि बढी बोलेको भान भको थियो।तिमी हरु नया थियौ। त्यसैले हाम्रो क्याम्पस मा तिमी हरुको साथी कम थिए त्यसैले तिमी हरु आफैमा ब्यस्त थिएउ तर म चाहिँ तिमिलाइ हेरिरहेकि थिए।यसरी दिन बित्दै गएका थिए तर तिमी अरु सङ्ग खुलेर बोल्ने साथी बन्ने गरेपनी म सङ्ग तिमी बोल्न ठ्याक्कै 1 महिना लगाएका थिएउ बाला त्यो पनि क्यान्टिन मा नास्ता खाने बेला पानी माग्दा।साच्चिकै बाला तिमी अरु सित बोल्दा निकै डाह लाग्थ्यो मनले त तिमी सङ्ग गएर तिमी कोहि सङ्ग बोल्ने होइन भन्न मन लागेको थियो तर म सङ्ग एक चोटि एक शब्द मात्र बोलेका तिमिलाइ त्यो भन्ने हक नरहेको महसुस भयो।बाला तिमी शीत बोल्न म भोकै नलाइ क्यान्टिन जान्थे ,कहिलै घर चिया नखानेले चिया खान्थे मात्र तिमी शीत बोल्न्न पाउने आसमा तर तिम्ले एक शब्द पनि बोलेनउ।बाला म त्यो दिन कहिलै भुल्दिन जुन दिन क्याम्पस मा गजल प्रतियोगिता भएको थियो र त्यस्मा तिमि र महिले भाग लिएका थिएउ।तिमी प्रथम भएउ अनि म तेस्रो अनि तिम्ले मलाइ नजिकै आएर बधाई छ कोमल जि भनेउ म केही बोल्न सकिन ,हजुर लाई पनि धेरै बधाई भन्ने शब्दजो हराए जस्तो म एकोहोरिए तर त्यो पल ले नजिक भएको महसुस गराएको थियो बाला तिमी सङ्ग।त्यसपछि कहिले गजल कहिले मुक्तक कहिले विषयगत समस्या सङ्गै तिमी सङ्ग पुग्थे मात्र तिमी सङ्ग बोल्न्नको लागि ।तिमी जबजब कोमल नाम उच्चारण गर्थेउ मलाइ निकै खुसी महसुस हुन्थ्यो बाला। तिम्ले भुलेका त छैनउ नि बाला क्यामपस को जन्म उत्सव मा तिमी म सङ्ग मजाक गरिरहेका थिएउ त्यही बेला गिरि सरले तिम्लाइ गाली गरेर जानू भएको थियो ,त्यो पल तिमिलाइ भन्दा बढी मलाइ नराम्रो लागेको थियो।तिम्रो त्यो हसिलो मुहार कालो निन्याउरो भएको थियो बाला ,हुनत जाने बेला sorry सब्द को प्रयोग गरे तर तिमी निकै दुखी देखिन्थ्यौ।पहिलो 6 महिना तिमी म सङ्ग त्यति नजिक भएनौ,म जतिनै बोल्न खोजे पनि खै तिमी नजिक बनेनौ ।बाला तिम्रो जन्म दिन चैत 1 गते म अहि दिन को प्रतीक्षा गरिरहेकी थिए।म यो तिम्रो जन्म दिन को पहिलो विसर (wishor) बन्ने मन थियो र त्यो दिन 12 बजे सम्म बस्ने निर्णय गरेकी थिए।म सङ्ग त्यति बेला सम्म स्मार्ट फोन थिएन त्यसैनी म तिम्लाइ फेसबुकको भित्ता मा तिम्रा फोटो सङ्ग जोड्न सक्थिन म सङ्ग त केबल नर्मल फोन थियो र म मात्र sms गर्न सक्थे ।तर भाग्य नभए सम्म नि बाला,आफुले जति चहेनी हुदो रहेन्छ ।त्यस्तै भयो जब म शुभकामना नदिदै निदाएछु।मलाई त्यो पल निकै नमजा लागेको थियो बाला।आर्को दिन तिमी लाइ फोन,जब तिम्ले फोन रिसिभ गर्यौ तिम्रो मिठो स्वर मा हेल्लो आवज ले मेरो शरीर भरिनै जिरिङ्ग गराएको थियो।म आफ्नो परिचय बिना नै तिमी लाई ह्याप्पी बर्थ डे बाला नभन्दै धन्यवाद कोमल भन्ने सब्दले निकै खुसी दियो।मेरो फोन नम्बर तिमी लाई थाहा थिएन तर पनि तिमी चिनेउ ,अनि सोधे कसरी चिन्नेउ बाला म कोमल भन्ने ? प्रती उत्तर म तिमीले आफ्नो साथी लाई त आवाज ले चिनिन्छ नि भन्दै गर्दा म तिम्ले उच्चारण गरेको आफ्नो शब्दमा आफू हराएको महसुस गरे ।सच्चिकै भन्नू पर्दा म तिमी लाई पाएको महसुस भएको थियो बाला। त्यसपछि भने क्याम्पस मा म सङ्ग बेला बेला बोल्न्न थालेउ।11 को फाइनल परिक्षा को मिति तोकिसकिएको थियो,आन्तरिक परिक्षा मा राम्रै भएको थियो तर तिम्रो भने एकाउन्ट(account ) विषयको थोरै नम्बरले तिम्लाइ दुखी गरएको महसुस हुन्थ्यो।त्यति बेला मैले यो महसुस गरेनि बाला,जब आफ्नो मान्छे कुनै कुरा मा दुखी छ र त्यही कुरामा आफ्नो अनुकुल नतिजा आएपनि खुसी मिल्दो रहेन्छ। फाइनल परिक्षा हाम्रै क्याम्पसमा भयो र राम्रै गरेउ तर म त्यसपछि केही दिन को बिदा हुन्छ र म बोल्न्न पाउन्नकि भन्ने चिन्ता ले निकै दुखी थिए बाला।बाबा ले दिदी लाई स्मार्ट फोन किन्दिनु भयो र त्यही बीचमा मैले फेसबुक एकाउन्ट बनाएर पहिलो फ्रेन्ड तिम्लाइ गराउन सर्च अप्सन लाई थिची तिम्रो नाम खोजे र सुरुमै तिम्रो गालामा हात राखेको फोटो को प्रोफाइ सङ्ग तिम्लाइ देखे र यड गरे।तिमी ले 2 मिनेट नबित्दै तिम्ले यस्सेप्ट गरेउ ,थाछ बाला म त्यो पल तिमिलाइ पाएको अनुभव गरेकी थिए।केही दिनको बिदा पछि क्याम्पस पुन सुरु भयो म गेट मा तिमिलाइकुरेर बसेकी थिए ,साथी हरुले किन कस्लाइ कुरेको भनेर सोध्दा रन्जु ले यस्लाइ बाला ले मोहोनी लाछ्न उनैलाइ कुरेकी भनेर चिच्याउदै सुनाइ।उसले भन्न त सहि भने पनि सबै को अगाडि आफुलाइ हासो को पात्र बनाउदा म निकै दुखी भए बाला।त्यो दिन तिमी ढिला गरेर आएउ ,बाटो म म भन्दा पहिले रन्जु ,पुजा सित नजिक बएर बोल्दा मलाइ निकै नमजा लायो।म तिम्रो नजिकै गएर बाला सन्चै छौ भने तिम्ले खिस्स हास्दै उम कोमल अनि तिमी सुन्ने मन थियो तर खै सुनेनउ कि किन हो वास्तै गरेनउ।त्यत्ती सुन्न 1 घन्टा कुरेकी म तिम्रो त्यो जवाफ नआउदा फेरि के छ बाला भन्ने प्रश्न गर्न मन लागेन।गेट देखि भित्र जादा तिमी पुजा र रन्जु शीत जिस्किदै बोलेका थिएउ म पछाडी आफै सङ्ग हजारौ प्रश गर्दै हिड्दै थिए।12 कक्षा मा बजारशास्त्र र बिसने ज म्याथ मध्ये एक रोझ्नु पर्ने थियो र तिम्ले र महिले म्याथ रोजेउ।आसा , रामु ,बिराट ,गणेश ,तिमी र म पढ्न सुरु गरेउ। एक दिन रन्जु भन्दै थि ,पुजाले बाला लाई माया गर्छे रे कोमल ।जब उ यी भन्दै थि मलाई शरीर आत्तिएको महसुस भयो अनि बाला ले नि? त लाई के हि थाह छ रन्जु ? भनेर उसलाई सोधे।उस्ले नाइ बालाले केही जवाफ दिएको छैन रे मात्र के थि आकाश बेलि कि लहरा जस्तै फेरि पुन मनमा माया जाग्यो।एक दिन तिम्रो म्याथ कपि मागेर हेर्दा पहिलै पाना मा एक साएरी “लेखेका थिएउ जुन अजै याद छ बाला-
तिमि सङ्ग हिरा भएर होला म तिम्रो लागि सस्तो भए
कस्तो थिए म पहिले मेरो दुनियाँ मा आज कस्तो भए
थाहा छैन अब पलाउन सक्छु कि सक्दैन पहिले जस्तो
तर आज सबै पात झरेको उझाड रुख जस्तो भए
तिम्रो यो सायरि जब देखे र तिम्लाइ सोधेकी थिए यस्तो सायरी किन र कसरी लेख्यौ बाला भन्दै तिम्लै याद छ नि है बाला तर तिम्ले यत्तीकै लेखेको कोमल,तिम्ले भन्दै थिएउ साहित्य मा अनुभव भन्दा बढी कल्पना प्रयोग हुन्छ कोमल भन्दै ,त्यो भन्दा मलाइ यत्रो मेरो फुच्चे बाला मा यस्ता तर्क कहाँ बाट आउँछ भन्दै अचम्म परेकी थिए बाला।
मलाइ कता कता तिमिलाइ आफू भित्र डल्लो परेर बसेको माया खोलेर बताउन मन थियो तर तिम्ले के भनौला भन्ने सोच्ले म खोल्नै सकेकी थिएन ।हामी कक्षा मा धेरै समय बोल्न थाल्यो अनि कहिले काहीँ फेसबुक मा,म सधै माया का कुरा निकाल्न खोजिरहेकी हुन्थे अनि तिमी कुरा अन्तै सार्दै ।तिमी र म खाली समयमा म्याथ को सोल्भ गर्थेउ तर मेरो ध्यान तिमी तिरै हुन्थ्यो ।गल्ती बस तिमिले स्पर्श गरेका हात हरुबात विद्युतिय तरङ्ग सिदै शरीर भित्र प्रबेश गर्थे।तिमी सङ्ग बोल्ने बहाना मा क्यान्टिन बसेर चिया खादा खादै मलाइ तिमी सङ्गै चियाको लत लागेको थियो बाला।एक दिन त महिले चिया खादा खादै हाम्रो गिलास साटेकी थिए त्यो कुरा रन्जु ले देखि तर त्यो दिन उसले केही बोलिन ।
एक दिन पहिलो पल्ट तिमी क्याम्पस आएनौ न तिम्रा साथी आए,त्यो दिन म तिमिलाइ निकै बेर गेट मा कुरेकी थिए।म डराएको थियो कि केही भयो कि भन्दै किन कि तिम्ले कहिल्यै कक्षा छाड्थ्यनौ।त्यो दिन म के पढे के लेखे केही थाहा पाएन ।म घर जान साथ तिम्लाइ फोन गरे तिम्रो स्वार निक्कै मधुरो थियो,बाला तिम्लाइ के भयो को उत्तर कोमल हेरन हिजो देखि जोरो ले धेरै गलायो सुन्दा खै किन आँखा मा आँसु आयो।मैले ख्याल गर है न आत्तिनु सब ठिक हुन्छ भन्दै फोन राखेर र यश यम यस (SMS) मा बाला आइ मिस यु सङ्ग दिल को इमोजी जोडेको थिए तर मलाइ पठाउने हिम्मत गरिन। दुई दिन पछि तिमी क्याम्पस आएउ,मलाइ थाहा थियो दुई दिन को नोट कपि म सङ्गै माग्छौ भन्ने त्यसैले मैले मेरो म्याथ कपि को अन्तिम पेज मा तिम्लाइ मैले गर्ने माया का प्रतेक शब्द छोडेकी थिए,मलाइ निकै डर लागेको थियो केही सोच्छौ कि भनेर। आर्को दिन क्याम्पस आएउ अनि मैले बाला नोट सकेउ लेखेर भन्ने प्रश्न लाई नाइ हिजो घर मा पहुना आउनु भएको थियो त्यसैले लेखिन भन्यो अनि मैले अनि अनितिम पाना हेरेउ त? भन्ने जवाफ मा पनि नाइ भनेउ।मलाइ आसा थियोे तिमी पढ्ने छौ तर।हुनत तिमिसङ्ग रिसाउनु पर्ने केही थिएन तर म तिमी सामु नै त्यो पाना च्यातीदिए। खाजा खाने समयमा म सिडि झर्दै गर्दा जब चिप्लिएर लडे तिमी धेरै आतिदै म सङ्ग आएउ,मेरो खुट्टा छोप्दै निकै आत्तिए ,म बिर्से बाला त्यो पल मलाइ खुट्टा मर्किएको,म बिर्से त्यस्को पिडि किन कि मेरो बाला ले आफू आत्तिदै पसिनै हुँदै मलाइ छोपी रहेको थियो ।साच्चिकै बाला त्यो पल बल्ल महसुस भयो तिम्ले माया गर्दो रहेछौ।तिम्ले त्यो बेला हिन्न जान्ने हैन्न भन्दै गाली गर्दा गाली भन्दा माया बढिदेखिएको थियो।तिमी पसिनै पसिनै भएका थिएउ ,आफै हात समाएर कक्षा सम्म ल्याएउ अनि कोमल हिन्नदा ख्याल गर्नु पर्दैन भन्दै आफैलाई दुखे जस्तो गरेर बोल्यौ।साच्चै त्यति माया ,किएर कैलै महसुस भको थिएन,मलाइ तिम्रो माया पाउन त्यस्तो लडाइ जति पनि लड्न सक्थे ।बाला पहिले पल्ट तिम्ले मेरो फोन मा फोन गरेउ र मलाई मेरो बारे सोधेउ तर मलाइ त्यति ठूलो समस्या देखिएको थिएन।आर्को दिन तिमि पहिलो पल्ट मलाई कुरेका थिएउ ,हेरेउ माया को भाब शीत कोमल कस्तो छ तिमिला भन्दै।तिम्रा साथी ले तिमि लाई जिस्काइ रहेका थिए।कृष्ण सर नआएको हुदा म्याथ कक्षा पढनु परेन तिमी र म क्याम्पसमा को छत मा निकै बेर बस्यौ मैले आट गरेर माया को प्रस्ताव राखे तिम्ले माया भनेको आइ लब यु र सेम टु यु बात होइन कोमल यो त महसुस हो ,आदत हो बानी हो,जुन समय अनुसार आफै हुन्छ।तिम्ले भन्दै थिएउ” तिम्ले माया गर्छेउ थाहा थियो तर मैले हुन्छ भन्दा फेरि तिम्रो पढाई बिग्रोने डर ले कहिल्यै भनेन,अस्ति को तिम्रो कोपि मा लेखेको सबै पढेको थिए तर ढाटे कोमल सरि” तिमि यसो भन्दा म थाह पाए तिमी म भन्दा धेरै परिपक्व रहेछौं ।खै बाला हाम्रो यो माया अलि अलि गर्दै सबैलाइ थाह भयो ।पुजा तिम्ले मलाई माया गर्छेउ भन्ने कुराले रिसाकी थिइ।समयसङ्गै 12 को परिक्षा को मिति तोकियो त्यो पटक होम सेन्टर राख्न नपाउने कारण ले हामी मजुवा जान बाध्य भएउ। घर बाट जान आउन सम्भब थिएन बाला त्यसैले उतै बस्नु पर्ने थियो। भाग्यबस हामी बस्ने होटेल एउटै रहेछ। हेर्दाहेर्दै परिक्षा आयो म रन्जु अनि तिमी 4 जना साथि सङ्ग बसेका थिएउ।तिम्लाइ हात दुखेर लेख्न गाह्रो परेको थियो।पहिलो दिन इङलिस को परिक्षा भयो दुबैको राम्रो भयो तिम्रो भने हातले अल्लि लेख्न गाह्रो पर्यो भन्दै थिएउ। पहिलो दिनको परिक्षा सकेर साथी हरु सबै घुम्न गए तिम्रो हात दुखेको कारण ले तिमी गएनौ अनि म तिम्रो कारण ले तिम्लाइ छोडो जान मन लागेन।तिमी र म तिम्रै कोठा मा बसौं ।खै बाला त्यो पल के भयो म तिम्लाइ स्पर्श गर्न चाहन्थे।तिम्लाइ महसुस गर्न चाह्न्थे।तिम्रो हात आफ्नो गाला मा राख्न खोजे।म आफुलाइ तिम्रो जिम्मा लागाउन खोजी रहेकी थिए।तर तिमी त्यो ठिक मानी रहेका थिएनौ।तर बाला मलाइ तिम्रो माया मा तिर्खाएको महसुस भएको थियो।मैले तिमी लाई हात्ले तान्न खोजे ,तिम्रो गाला लाई ओठ ले छुन खोजे ,त्यो बेला शरीर तातेको अनुभव भएको थियो तर तिमी जुरुक्क उढेर बाहिर गय्यौ ।बाला बल्ल महसुस भयो मैले धेरै गलत गरे। म भित्रै रुदै बसे तिमी केही समय पछि आएउ तर तिमी मा म पर्ती घृणा देखैरहेको थिएउ ।कहि समय पछि कोमल यता हेर त भन्दै हात समायौ।तिमी भन्दै थिएउ,सबै कुरा को समय हुन्छु म तिमिलाइ गलत त भदैन तर आझै यी कुरा बाट तिमी परिचीत भयौ भने हाम्रो माया शरीर भन्दा अगि बढ्न सक्दैन,म चहदैन यस्तो हो।हुन सक्छ यो माया मा यो आवश्यक छ होला तर सबै को समय हुन्छ कोमल।मलाइ त्यो बेला तिम्रो त्यो कुरा ले सबै ती चाह मारिदियो ।मन मा त्यसपछी आर्कै अनुभुती भयो ।त्यो रात प्रतेक पटक म त्यही गल्ती सोच्दै बसे।आर्को दिन तिमी बिहनै हाम्रो रुम मा आएर रन्जु कोमल के छ सन्चै छौ नि भन्दै सोधेउ,रन्जु ले मलाइ सोध्न पर्देन सिदै आफ्नी कोमल को हालखबर सोधे ह्न्छ भन्दै जिस्किदै बोलेकी थि।करिब 10 दिन को बसाइ पछि घर फर्कियौ।जाने बेला जुन उत्साह थियो सबै मोरेको थियो किन कि अब भेट हुन गार्हो थियो।
हामी फोन को साहरा मा आफू हरुलाइ जोडिरह्यौ।भेट्न मन लागेनी उपयुक्त बहाना थिएन। बाला तिम्लाइ देख्न मपाउदा साच्चिकै तिम्रो मायाले सताएको थियो। एक एक घन्टा मा फोन मा बोले पनि तिम्रो मुहार लाई देख्न नपाउद म धेरै आत्तिएकी थिए ।बाला जति तिम्रो याद ले आतिएकी थिए त्यो भन्दा बढी तब आतिए बाला जब घरमा मलाइ माग्न मामा ले केटा लिएर आउनु भयो,म सानै थिए यो मेरो बुवा ले बुझ्न खोझ्नु भएन।मामा ले केटो ल्याएसी आमा यत्तिकै खुसी हुनुहुन्थ्यो ।बाबा ले मैले भनेसी नानी ले केही भन्दैन भन्दै मामा लाई आश्वासन दिदा म सकिएको महसुस गरे।म केही नबोली रुम मा छिरे सिरानी लाई हातले पछार्दै धेरै रोए बाला।हाम्रो माया उम्रेको मात्र थियो तर बाबा र मामा को निर्णय ले ढल्यो बाला।म प्रतेक आँसु सङ्ग तिम्रो याद झारी रहेकी थिए तिम्लाइ बताउ य न बताउ सोचेकी थिए,म बिहे गर्न भन्दा मर्न आफू लाई तयार गर्न लागेकी थिए।मैले तिम्लाइ गर्ने माया तिम्रो दाइ लाई पनि सुनाइ कि थिए उहाले मलाइ बहिनि जस्तै धेरै सिकाउनु भएको थियो।म प्रतेक आँसु लाई तिमी सङ्ग का कुरा माया सङ्ग बगाइरहेकी थिए।मलाई मर्न सबै भन्दा उतम बिकल्प लागेनी त्यस्ले तिम्लाइ पुर्याउने असरसङ्ग तुलना गरेकी थिए।मेरो खुट्टामा लागेको सानो ठेस मा त्यति आतिनी तिमी मेरो मृत्यु ले तिम्लाइ कस्तो बनाउछ मलाइ राम्रो सङ्ग थाह थियो।घर बाट निस्किए ,तल खोला नीर पुगे अनि तिम्लाइ कल गरे।
फोन को घण्टी जाँदै थियो अनि यता मेरो शरीरले सबै छोडिरहेको थियो।केही समय पछि तिम्ले फोन उठाएउ,कोमल सन्चै छेउ,आज दिन भरी याद आएन है तिम्लाइ भन्दै थियौ मेरो आँसु रिकिएन ,मुख बाट आवाज आएन तिमि कोमल कोमल भन्दै थिएउ।फोन काटे ,तर एक्कै छिन मा तिम्ले गर्यो ,म एक्कसी बाला म सकिए भन्दै रोए तिमी उता बाट आतिदै कोमल के भयो भन्दै रुन लाएउ।खोला को छेउ मा बसेकी म तिम्रो आवाज ले खोला को पनि भन्दा बढी आँसु झरिरहेका थिए,तिम्ले 12 को अन्तिम दिन दिएको रुमाल मुख भित्र राखेर रोएको आवाज मत्थर पार्दै थिए तर तिमी एकोहोरो कोमल भन्दै रुदै थियौ।अरु बेला हसाउने तिम्ले आज आवज निकाल्न्न सकिराको थिएनौ बाला।मैले सकि नसकी बाला म सकिएनी भन्दै थिए उता तिम्रो रुवाइको आवाज बढ्दै थियो।कोमल के भयो त्यो त भन भन्दै तिमी उता बोलिरहदा आसुको नुनिलो स्वाद शरीर भरी छरिएको थियो।
म तिमिलाइ सबै कुरा भन्दै थिए तिमी चर्को स्वर मा रोहि रहेउ।म सबै भनेर सक्दा सम्म पनि कोमल बहेक तिम्ले आर्को शब्द उच्चारण गर्न सकेनौ। बाला बोल्दा बोल्दै तिम्रो उता बाट आवाज सुन्निन छाड्यो धेरै बेर बाला बाला भने तर बोलेनौ,त्यो बेला मलाइ आफ्नो भन्दा तिम्रो चिन्ता लाग्यो।फेरि कल गरे तर उठेन म झन डराएर ,म एक्कै चिच्याउन थाले खोला सङ्ग।
केही बेरमा तिम्रो फेरि फोन आयो तिम्रो त्यो मिठो स्वर त्यो दिन फिक्का लायो,सधै मुस्कान सङ्ग बोली रहेनी तिमी त्यो दिन रुञ्चे स्वर मा बोलिरहेका थिएउ।लामो सास फेर्दै तिम्ले कोमल मलाइ हेर त भन्दै बोल्न्न लगेउ। अनि सोध्न लाएउ तिम्ले आकाश को जुन लाई माया गर्छेउ? प्रती उत्तर मा मैले उम बाला भने,अनि तिमि सोध्दै गएउ,कोमल जुन लाई तिमी छुन सक्छेउ? म नाइ भने,बिहे गर्न्न सक्छेउ जुन शीत? म तिम्रा यी अचम्म का प्रश्न को उत्तर दिदै गए।अनि सोधेउ ,बिहे नगर्ने जुन शीत,सङै नहुने जुन शीत,छुन नमिल्ने जुन शीत कसरी माया गर्यो ,म केही उत्तर दिन सकिन। बल्ल तिमी बिच बिच मा हुक्क हुक्क हकानिदै मलाइ सम्झाइ रहेका थिएउ।
तिमी सम्झाउदै भनेउ ” कोमल माया बाट पहिले स्वार्थ निकाल्नु पर्छ।हामिले माया को परिभाषा लाई सागुरो बनाएका छै।हामिले माया केबल बिपरित लिङ्गी शीत मात्र हुन्छ।माया को सफलता लाई नाप्प केबल बिवाह र सेक्स राख्यौ त्यसैले हामी दुखी हुन्छै।माया देख्दा न देख्दा ,भट्दा नभेट्दा,बोल्दा नबोल्दा,हास्दा रिसिदा जुन बेला नि हुन सक्छ। माया केबल केटा ले केटिलाइ या केटि ले केटा लाई गर्दा मात्र हुदैन ।माया आद्त हो,बानी हो यो मान्छे ,बस्तु,जीव जस्ता प्रकृतिमा रहेका सबै चिज सङ्ग हुन सक्छ।माया गरेको चिज आफू शीत पाउनु हुनु माया त्यो भाग्य हो तर कहिले काहीँ माया गरेको चिज आफू सङ्ग भन्दा जुन अस्तित्व मा छ त्यही अस्तित्व मा रहदा आफ्नो माया धेरै बाच्न सक्छ कोमल,जसरी फुलबारी को फुललाई माया गरेर टिपेर हिन्यौ भने केही बेर मै ओइलिन सक्छ त्यसैलै त्यसलाई त्यहि छोड्दा बढी बाच्न सक्च।पोखरिको माछा लाई माया गर्नु भनेको त्यही पनिमै छोड्दिनु हो हातमा लिनु होइन।”
तिम्ले यी सबै मलाई समाल्न बोलिरहदा तिम्रो बिच बिच मा हुक्क हुक्क स्वर ले तिमि मलाई सम्झाउन बोलेको बुझिन्थ्यो। तिमी त्यस पछि झन सम्झाउन थालेउ,मैले तिम्लाइ लिन आउ भन्ने अबस्था थिएन,हामी दुबै साना थियौ।मैले तिमिलाइ जिन्दगीभर मनमा सझाइ अरु सङ्ग कानुनि रुपमा बिहे गर्ने निर्णय गरे।तिम्रा कुरा ले मलाइ मोरेर होइन बाचेर आफुले गरेको माया हेर्ने भोक उठ्यो।
बाला केटो लाई छिट्टै जापान जानु पर्ने भएर बिवाह छिट्टै गर्नु पर्ने भयो ,तिमी लाई यो कुरा सुनाउदा आँसु खसिरह्यो
। तिमि भने मलाइ दुख हुन्छे भनेर अनेक चुट्किला र जोक गरिर्ह्यौ । बिहेको हुन भन्दा अगिको दिन तिमी र म धेरै रोह्यौ तर कसम बाला हामिले कसम म ती आसुमा धेरै माया महसुस गरे।
म बिहेको मन्डब मा सझिएर बसिरहदा तिमी अध्यारो मुख सङ्गै साथी हरु सङ्ग आएउ ।बहिर बाट केही नभए जस्तो गरेका तिमी मुस्कान ले पीडा छोपेको आँखा ले देखाइरहेको थियो।म प्रतेक पल तिमिलाइ हरुरहेको थिए।तिमी मलाइ गिफ्ट मेरै हातमा समाइदिएर छिट्टै निस्किएउ।
तिम्रो गिफ्ट रन्जु लाई रुममै राख्न दिए।
बाला जब अरुको हात बाट सिन्दुरको धुलो मेरो सिउदो मा खसिरहदा मेरो आँखा बाट तिम्रा याद का आँसु खसिरहेका थिए।
म अब अरुको बुहारी ,स्वास्नी ,भाउजू यस्तै अनेक नाम जोडएर टाढा भए बाला।पहिलो रात उ सङ्ग आँसु सङ्गै साटिरहदा तिम्ले मैले छुदा गाली गरेको पल ले म आत्तिय बाला।दुई दिन पछि घर आएर तिम्रो गिफ्ट खोले ,गिफ्ट मा चित्र थियो जस्मा एउता मान्छे ले फटयांग्रो लाई समाइ रहेको र आर्को पट्टि रुदै गरेको फटयांग्रो थियो जुन आफैमा रहस्यमय थियो।सायद मान्छे शीत को फटयांग्रो म र रुदै गरेको फटयांग्रो तिमी।बाला मिले सम्म यो चित्र तिम्रो फेसबुक को कभर पिकच्र मा राखे ल।
आज सम्म बितेका सबै पल यहि पत्र मा समाबेस गरेकी छु ।मिले सम्म यो पत्र रन्जु ले तिमी लाई दिने छि।
बाला म कुनै पल तिमिलाइ बिर्सिने छैन तर अब म कसैको आवस्यकता भएकी छु,उस्को केही दोश छैन उस्लै मेरो आवश्यकता छ ।म उस्लाइ माया गर्ने छु यस्को अर्थ तिम्लाइ भुल्नु होइन।तिम्ले नै भनेका थिएउ माया एक भन्दा धेरै शीत हुन सक्छ तर त्यस्मा सम्मान हुनु पर्छ। तिमी पनि आफुलाइ समाल ।बाला अरु बेला नभए पनि बिर्थ डे मा तिम्लाइ विस गर्न देउ है।बाला यो पत्र हाम्रो माया को चिनारी हो समालेर राख्नु ल।
उहीँ तिम्री कोमल।
यो पत्र पढिसक्दा मेरा आँखा आसुले भोरिएका थिए।आज 6 बर्ष पछि पनि उहीँ मिठास छ। पुनः पत्र लाई सम्मर साथ राखेर दराज बन्द गरे
बालकृष्ण ज्ञवाली (बाला)








प्रतिक्रिया