प्रदेश

इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश




काठमाण्डौ, १६ असोज । एमाले नेता एवम् इटहरी उपमहानगरपालिका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आइतवार आफ्नै निवासमा एक कार्यक्रम गरी चौधरीलाई टीका र खादा लगाएर माओवादीमा स्वागत गर्नुभएको छ । एमालेबाट टिकट नपाउने सम्भावना देखेपछि चौधरी माओवादी प्रवेश गर्नुभएको शंका छ । माओवादीले चौधरीलाई प्रदेश सभा सदस्यको टिकट दिने तयारी गरेको छ ।

चौधरी माओवादीमा प्रवेश गर्नुले निकै ठूलो अर्थ राख्ने दाबी गर्दै प्रचण्डले इटहरीको बहुचर्चित मेयरको रूपमा राष्ट्रियरूपमा स्थापित भएका नेतालाई भित्र्याउन पाउँदा खुसी लागेको बताउनुभएको छ । एमाले अब प्रतिगमन समर्थित पार्टी भएको कुरा चौधरीले बेलैमा बुझेर माओवादी प्रवेश गरेको प्रचण्डको जिकिर छ ।

प्रकाशित : १६ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६