प्रदेश

लालिगुराँस बचत तथा ऋण सहकारीको स्थापना दिवस, पाँच विद्यार्थीलाई शैक्षिक सामग्री




हरि घिमिरे
कपिलवस्तु, १६ असोज ।
लालिगुराँस बचत तथा त्रृmण सहकारी संस्थाले पाँच जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । सहकारीले आफ्नै कार्यालयमा १७औं स्थापना दिवसको अवसरमा गरिव तथा जेहनदार विध्यार्थीलाई सम्मान तथा शैक्षिक सामग्री प्रदान गरेको हो । संस्थाले शिद्धार्थ मा.वि बुङ्गचीमा अध्यन गर्ने सोनिया थारु, रञ्जना थारु, शुशान भाट क्षेत्रि त्यस्तै बाणगंगा मा.वि.लौगाईमा अध्यनरत संन्तोष बुढा मगर र बाणगंगा उ.मा.वि. गजेहडामा अध्यनरत सृष्टी खत्रिलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दौ बाणगंगा नगरपालिका सहकारी शाखाका प्रमुख सन्तोष थापाले राज्यले सहकारीलाई हेर्ने दृष्टीकोण फरक रहेको बताउनु भयो । उहाँले देशमा भएका केहि सहकारीको बदनामी कामले गर्दा सबैमा यसको असर परेको बताउनु भयो । उहाँका अनुसार बाणगंगा नगरपालिका भित्र संञ्चालीत रहकारीहरुको अवस्था र काम गर्ने तौर तरिका पारदर्शी रहेको बताउनु भयो । बाणगंगाका सहकारी कतिपय मर्ज भए कतिपयले आफ्नो पहुँचको भरमा प्रदेश सरकारमा दर्ता गर्दा फेरि पुरानै समस्या दोहोरीने होकि भन्नेमा नगरपालिका चिन्तीत भएको बताउनु भयो ।

कार्यक्रम विशिष्ट अतिथी संस्थाका पुर्व अध्यक्ष निरजंग अधिकारी, नि–वर्तमान अध्यक्ष शंकर प्रसाद पौडेल, अतिथी बाणगंगा वडा न. ४ का नि–वर्तमान वडा अध्यक्ष गणेश क्षेत्रि, संस्थाका सदस्य मधु अर्याल लगाएतले संस्थालाई थप उन्नती तथा प्रगतिको शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष शालिकराम भुसालको अध्यक्षता, उमादेवि राना राष्कोटीको स्वागत रहेको कार्यक्रमको संचालन शालिकराम आचार्यले गर्नु भएको थियो । कार्यक्रममा सहकारीका अन्य सदस्य, कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित : १६ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६