मधुसूदन भुसाल।।
बा को शेयर बजार केही फरक किसिमको छ
बा ले शेयर बजार भनेको बुझ्नु हुन्न,
तर बा लगानी गर्नु हुन्छ।।
बा ले न हाइड्रो ,न लघुवित्त केहि बुझ्नुहुन्न,
तर पनि बा ले धेरै लगानी गर्नु हुन्छ ।।
बा,सबै कुरा बुझेर पनि नबुझे झै गर्नु हुन्छ,
तपाईले झै लगानी गर्छु भन्दा तैले जान्दैनस भन्नुहुन्छ ।।
बा!हजुरले सय कडा 2, को हिसाबले लगाएको
लगानी ब्याज को स्याज हुन्छ ,
मेरो भने बिहान हरियो भएको नेप्से साझ रातो हुन्छ ।।
बा ले नेप्सेको हरियो, रातो केहि बुझ्नुहुन्न तर पनि लगानी गर्नुहुन्छ,
डर त बा लाई पनि कसो नलाग्ला र तर पनि बा हिम्मत गर्नुहुन्छ ।।
बा!तपाइको ५ बर्षमा गरेको लगानी दोब्बर हुन्छ,
मैले आज लगानी गरेको बजार भोलि आधा हुन्छ ।।
मैले लगाएको लगानी डुबेको डुबै छ ,
बा!मलाई पनि सिकाइदिनुस् न हजुरले कसरी लगानी गर्नु हुन्छ।।
बा को नेप्सेको कुनै समय छैन , बरु राति बर्बराउनुहुन्छ,
जसो तसो गरी बा ले घर चलाउनु हुन्छ।।
बा लाई primary market , secondary market को कुरा केहि थाहा छैन ,
तर पनि बा लगानी गर्नु हुन्छ, बा!तपाईं साँच्चै नै महान हुनुहुन्छ।।
त्यसैले मलाइ बा जस्तै बन्नु छ,
बा ले जस्तै लगानी गर्न मन छ ,बा ले जस्तै सम्पती जोड्नु छ,
ब्याज को स्याज बनाई बा कै गतिमा हिड्नु मन छ।।
बा!हजुरले भनेको शैलीमा चल्न सिक्दै छु,
मलाई बा जस्तै बन्नु छ त्यसैले तपाईं जस्तै बन्न सिक्दै छु।।
नमस्कार म सामाजिक युवा अभियान्ता सिद्दार्थ क्याम्पस कपिलवस्तु बाट BBS दोस्रो बर्ष अध्ययनरत छात्र,
आज हाम्रा बुवाहरु ले गर्ने लगानी र हाम्रो पुस्ताले गर्ने लगानी र युवापुस्ताहरुको share market प्रतिको लगानी बारे खण्डन गर्दै एक लेख लेखेको छु कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला।।








प्रतिक्रिया