पशुपति गिरी
कपिलवस्तु, १७ असोज ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० कपिलवस्तुले कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा अनेरास्ववियु गाउँपालिका कमिटी गठन गरेको छ। यसैबीच मायादेवी गाउँपालिका कमिटी अध्यक्ष इस्तखा खानको अध्यक्षता साथै अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा कपिलवस्तु सह( इन्चार्ज अजय चौधरीको प्रमुख आतिथ्यतामा मायादेवी गाउँ अधिवेशन सम्पन्न भएको छ। जसबाट इस्तखा खानको नेतृत्वमा २४ सदस्यीय गाउँ कमिटी गठन भएको छ।

कार्यक्रममा नेकपा एमाले शुद्धोधन गाउँपालिका सह इन्चार्ज विनोद चौधरी,कपिलवस्तु जिल्ला अध्यक्ष अन्जीत खनाल , नेकपा एमाले जिल्ला नेता मधुसुधन शरण चौधरी,श्याम यादव,नेकपा एमाले मायादेवी गाउँपालिका सचिव बिष्णु प्रसाद पाण्डे,युवा संघ मायादेवी गाउँपालिका इन्चार्ज साह अल्म खाँन ,काैलाश अघरि लगायतका वक्ताहरुले आफ्नो विचार र धारणा राख्नु भएको थियो।कार्यक्रमको सञ्चालन डेभिड भण्डारीले गर्नु भएको थियो भने स्वागत मन्तव्य अन्जीत खनालले राख्नु भएको थियो।









प्रतिक्रिया