अर्थ-वाणिज्य

कपिलवस्तु १ मा काङ्ग्रेस बाहेक गठबंधन उम्मेदवारलाई जिताउन सकिन्न : नेका सभापति



कपिलवस्तु १८ असोज । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं। १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँले कपिलवस्तु १ मा काङ्ग्रेसले टिकट नपाए चुनाव जित्न सकिन्न भन्दै पत्रकार सम्मेलन गरेका छन ।उन्ले कपिलवस्तु क्षेत्र नं। १ को अवस्था केन्द्रले सोचे जस्तो नभएको बताएका छन् । उनले पहिला जितेको मान्छेले चुनाव जित्छ भन्ने अवस्था नरहेको बताउँदै गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर १ मा वडाध्यक्षहरुको मतलाई आधार मान्दा कांग्रेस नै अघि भएको बताए । उनले चुनाव हारे पनि कांग्रेसका नेताहरु गाउँ घरमा घुमीरहेको बताउँदै गठबन्धनबाट कपिलवस्तु क्षेत्र नं। १ को संघीय सांसदमा कांग्रेसले टिकट नपाएर अरुले टिकट पाएमा चुनाव जित्न एकदमै गाह्रो हुने बताए ।

खाँले गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा क्षेत्र नं। १ का ३० वटा वडाहरुमा कांग्रेसका वडाध्यक्षहरुले २८ हजार २७१ ल्याएको त्यस्तै एमालेका वडाध्यक्षले २६ हजार ८२३ ल्याएको र जसपाको १३ हजार ५१० मत प्राप्त गरेको बताउँदै माओवादी केन्द्रको ९ हजार ३३८, एकीकृत समाजवादीको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४, राप्रपाको २ हजार ४८० रहेको तथ्य प्रस्तुत गर्दै स्थानीय निर्वाचनलाई आधार मान्दा यो क्षेत्रमा माओवादी केन्द्र जसपा पछि चौथो स्थानमा रहेको बताए ।

कांग्रेस क्षेत्रीय कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खाँले भने म पनि गाउँमा घुमेको छु, साथीहरुलाई पठाएको छु, साथीहरुले कांग्रेसले चुनाव जित्ने बताएका छन् अरुको विकल्प छैन । आफूसँग माओवादी केन्द्रका नेता चक्रपाणी खनाल बलदेवको पहिलो पटक भेट भएको बताउँदै बलदेवलाई आफ्नो अवस्था आफै सोच्नु पर्ने प्रतिक्रिया दिएको बताए

नेपाली कांग्रेस क्षेत्र नं १ कका प्रदेश सभापति दुर्गा बहादुर कुँवर क्षेत्री (दुर्गा केसी)ले गठबन्धनमा मतको सम्मान नभए हुने सम्भावित दुर्घटनाको जिम्मा पार्टीले लिन नस्कने बताए । केसीले ठूलो मतलाई सानो मतले सघाउनु पर्ने बताउँदै यदि त्यस्तो हुन नसके विद्रोह पनि सक्ने तर विद्रोहलाई पार्टीले रोक्न नसक्ने बताए ।
नेपाली कांग्रेसका क्षेत्रीय सचिव विजय कुमार खनालले क्षेत्र नं। १ नम्बर क्षेत्र कांग्रेसले पाएमा जित निश्चित भएको र माओवादी केन्द्रलाई परेमा गाह्रो हुने बताए । ‘माओवादी केन्द्रलाई एकदम गाह्रो छ । त्यो उहाँहरुलाई पनि फिल भएको छ उनले भने ।

कपिलवस्तु नगरपालिकाका नेपाली कांग्रेस पार्टीका सभापति खुरसेद अहमद खाँले आफू फिल्डमा जाँदा र हालै मात्र स्थानीय तहमा जितेको अवस्था हेर्दा कांग्रेसले टिकट पाएमा सहजै चुनाव जित्ने बताए ।

नेपाली कांग्रेस सुद्धोधन गाउँपालिकाका सभापति विश्वकर कुर्मीले संघमा माओवादीले टिकट पाएमा नजित्ने र कांग्रेसले टिकट पाएमा सहजै जित निकाल्ने बताए । माओवादीका सम्भावित उम्मेद्वार चक्रपाणी खनाल बलदेवले कृषि मन्त्री हुँदा क्षेत्र नं। १ का लागि केही पनि नगरेको बताए ।ज्ञ।उलन

नेपाली कांग्रेसका कार्यकर्ता विनोद उपाध्यायले गाउँ चौराहामा कांग्रेसका कार्यकर्ता अलपत्र परेको सम्हाल्न गाह्रो हुने अवस्था आउने बताए । त्यस्तै अर्का कार्यकर्ता अनार उल्लाहले माओवादीका कारण आफूले १८ वर्षदेखि घर छोडेर हिडेको बताउँद कांग्रेसले नै टिकट पाउनु पर्ने बताए । कपिलवस्तु नगरपालिका वडा नं। ८ का वडा अध्यक्ष शिव कुमार पाण्डेले क्षेत्र नं। १ को संघमा कांग्रेसले टिकट पाए जित्ने सम्भावना बलियो रहेको बताए ।

२०७४ सालमा एमालेको समर्थनमा उम्मेदवार भएका माओवादी केन्द्रका बलदेव खनालले कपिलवस्तु १ मा २९ हजार ७९९ मत ल्याएका थिए भने कांग्रेसका नेता दीप कुमार उपाध्यायले २८ हजार ८५३ मत पाएका थिए । वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका खनालसँग उपाध्याय जम्मा ९ सय ४६ मत अन्तरले पराजित भएका थिए ।

देश व्यापी रुपमा गठबन्धन हुने भएपनि सिट बाँडफाँड अहिलेसम्म नहुँदा कांग्रेस र माओवादी केन्द्र दुवै दलले कपिलवस्तु क्षेत्र नं। १ बाट आ–आफ्नो तर्फबाट उम्मेदवार सिफारिस गरी सकेका छन् । कपिलवस्तु क्षेत्र नं। १ को संघीय सांसदमा टिकटका लागि कांग्रेसबाट उपाध्याय र माओवादीबाट खनालको चर्चा चलेको छ । यद्यपि गठबन्धनबाट कस्ले टिकट पाउने भन्ने अन्तिम टुंगो नलागेको गठबन्धनमा नेताहरु बताउँछन् ।

प्रकाशित : १८ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६