दाङ १९ असोज। गत चैत ८ गते तुलसीपुरबाट घोराहीको गोग्लीतर्फ जाँदै गरेको ना ६ ख ११० नम्बरको तेल बोकेको ट्याङ्कर दुर्घटनामा पर्यो । ट्याङ्कर दुर्घटना हुँदा आधा ट्याङ्कर डिजेल पोखिएको थियो ।यसैगरी घोराही उपमहानगरपालिका–९ का ३२ वर्षीय गुरीलाल चौधरी घोराही तुलसीपुर सडकको कपासीबगीया नजिक गत माघ महिनामा मोटरसाइकल दुर्घटनामा परे । तुलसीपुरबाट आइरहेको टिपरलाई साइड दिँदा दुर्घटना भएको चौधरीले बताए । उनको बायाँ हातमा गहिरो चोट लागेकाले तीन महिनाको उपचारपछि उनी निको भए । अहिले पनि सो ठाउँमा आउँदा सोही घटनाको याद आउने उनको भनाइ थियो । यी घटना त प्रतिनिधिमूलक मात्रै हुन् । यस्ता थुप्रै घटना यो सडकखण्डमा भइसकेका छन् ।तुलसीपुर–घोराही जोड्ने फोर लेनको सडक विस्तार तथा निर्माणको कामले गति लिन नसक्दा थुप्रै यात्रुले सास्ती खेप्न बाध्य भएका हुनु । चार वर्ष पहिले सुरु भएको कामले अझैसम्म तीव्रता लिन सकेको छैन । उक्त सडकखण्डमा पछिल्लो पटक श्रेष्ठ कम्पनीका रोशन श्रेष्ठले काम गरिरहेका छन् । उनी पेटी ठेकेदारका रुपमा आएको सातौँ ठेकेदार हुन् । गएको वैशाखदेखि काम सुरु गरेका श्रेष्ठको काम थालेको चार महिनासम्ममा चारै प्रतिशत मात्रै प्रगति देखिएको छ ।
उक्त सडक चार महिनामा चार प्रतिशत मात्रै प्रगति भएको देखिएको छ । यसअघिका ठेकेदारले छ प्रतिशत मात्रै काम गरेका थिए, अहिले श्रेष्ठ आएपछि थप चार प्रतिशत काम गरेर जम्मा १० प्रतिशत काम पूरा भएको छ । यो एकदमै न्यून प्रगति भएको प्रमुख बमको भनाइ छ । ‘पछिल्लो ठेकेदारको काम गर्ने जुन गति छ, यो गतिप्रति हामी कति पनि सन्तुष्ट छैनौं’, उनले भने, ‘काम देखेर ठेक्का तोड्ने कुरा पनि नभएको होइन, तर विभिन्न कानुनी अड्चन देखिन्छन् ।’ कामको गति शून्य देखिएपछि जिल्लाका सरोकारवालाले पनि ठेक्का तोड्ने निर्णय गरिसकेका छन् ।
१९ आश्विन २०७९, बुधबार
प्रतिक्रिया