कपिलवस्तु २० असोज ।नेपाली कांग्रेसले समानुपातिक तर्फका १ सय १० जना उम्मेदवार तय गरेको छ । जसनुसार कपिलवस्तुकि दिना कुमारी सुवेदी (कमाल )मुस्लिम महिला तर्फको दोश्रोमा परेकी छन ।त्यस्तै कांग्रेसका केन्द्रीय सदस्यद्वय गोविन्दभट्टराई र मोहनचन्द्र यादवले भने समानुपातिक उम्मेदवार फिर्ता लिएका थिए । खस आर्य पुरुषको १ नम्बरमा प्रवक्ता प्रकाशशरण महतको नाम छ भने महिलातर्फ केन्द्रीय सदस्य अम्बिका बस्नेतले स्थान पाएकी छिन् । यस्तै आदिवासी जनजाति पुरुषतर्फ एक नम्बरमा पूर्व उपसभापति गोपालमा न श्रेष्ठ र केन्द्रीय सदस्य सरस्वती बजीमयको नाम राखिएको छ । यस्तै दलित महिलातर्फ पहिलो नम्बरमा केन्द्रीय सदस्य शान्ति परियार र पुरुषतर्फ सहमहामन्त्री जीवन परिवारको नाम रहेको छ ।
यता मधेसी पुरुषमा पूर्व उपसभापति विमलेन्द्र निधिको नाम एक नम्बरमा छ भने महिलातर्फ केन्द्रीय सदस्य नगिना यादवले एक नम्बरमा उम्मेदवार हुने अवसर पाएकी छिन् । थारु पुरुषतर्फ केन्द्रीय सदस्य योगेन्द्र चौधरी र महिलातर्फ कल्पना चौधरीको नाम समानुपातिकको एक नम्बरमा रहेको छ । यस्तै मुस्लिमतर्फ सहमहामन्त्री फरमुल्लाह मन्सुर र महिलातर्फ केन्द्रीय सदस्य जावेदा खातुन जागाको नाम रहेको छ ।असोज ३ गते निर्वाचन आयोगमा बुझाइएको बन्दसूची १५ गते संशोधन गरिएको थियो।
२० आश्विन २०७९, बिहिबार
प्रतिक्रिया