खोज–अनुसन्धान

सत्ता गठबंधन सहमति जुटाउन असफल :मित्रवत प्रतिस्पर्धाको प्रस्ताब




काठमाडौं २० असोज ।सत्ता गठबन्धनको हिजको बैठक पनि विना निष्कर्ष टुंगिएको छ । गठबन्धन नेताहरु दसैं मनाएर प्रधानमन्त्री निवास बालुवाटार पुगे पनि कुनै सहमति जुटाउन सकेनन् । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार नेपाली कांग्रेसले मुख्यतः एकीकृत समाजवादी र जसपासँग दुई पक्षीय छलफल गरेको थियो ।कार्यदलको प्रस्तावमाथि एकीकृत समाजवादी र जसपाको विमति रहेकाले सहमतिका लागि कांग्रेसले दुई पक्षीय छलफल गरेको हो । सञ्चारमन्त्री तथा कार्यदल सदस्य ज्ञानेन्द्र कार्कीले पनि केही दिनदेखि दुई पक्षीय छलफल भइरहेको बताए ।यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजवादी र जसपाको अडानका कारण सहमति पुग्न नसकिएको बताए । उनले भने, ुगठबन्धनको बैठक टुंगोमा पुगेको छैन । सिट संख्या अलिकति बढाइ दिनुपर्यो भन्ने उपेन्द्रजीको कुरा छ । कोशीपूर्व र नारायणी पश्चिममा हामीलाई अलिकति आवश्यक भनेर आफ्नो कुरा राख्नु भएको छ । जसपाले धनुषा र सप्तरीका केही सिटमा मैत्रीपूर्ण प्रतिस्पर्धाका लागि प्रस्ताव राखेको पौडेलले बताए । उनले भने, ुउपेन्द्रजीले सहमति हुनै नसक्ने ठाउँमा मैत्रीपूर्ण प्रतिस्पर्धाका गरौ भन्ने प्रस्ताव गर्नु भएको छ । उहाँले मधेस प्रदेशका धनुषा, सप्तरी लगायतका जिल्लामा मैत्रीपूर्ण प्रतिस्पर्धाको कुरा गर्नु भएको छ ।ुयता एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अडान पनि सहमतिको बाधक बनेको छ । उनले भने,ु माधव नेपालजी पनि अलिकति सिट संख्या बढी चाहियो भनिराख्नु भएको छ । त्यसमा कुराकानी चल्दैछ । हामी र उहाँहरूबीच छलफल भएको थियो
कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको तयार पारेको प्रतिवेदनमा कांग्रेसले ८७ र माओवादी केन्द्रले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने उल्लेख छ । तर यसमा एकीकृत समाजवादी र जसपाको विमति देखिन्छ ।यस्तै प्रदेशसभाको सिट बाँडफाँट पनि पेचिलो देखिएको छ । कांग्रेसले प्रदेशमा पनि प्रतिनिधिसभाको हिसाबमा सिट लिने रणनीति बनाएपछि गठबन्धनको विकल्पमा जसपाले अन्य पार्टीसँग पनि तालमेलका लागि संस्थागत रुपमा ढोका खुला गरेको छ ।
हिज पनि जसपा अध्यक्ष उपेन्द्र यादव ढिलो गरी बालुवाटार पुगेका थिए । अपरान्ह ५ बजेबाट गठबन्धनका नेताहरुबीच बालुवाटारमा छलफल सुरु भएपनि यादव सात बजेतिर मात्र बालुवाटार पुगेका थिए ।कांग्रेस नेता कार्कीले भने गठबन्धनमा आबद्ध दललाई न्यायपूर्ण र सम्मानजनक ढंगले सिट बाँडफाँट हुने बताए । ुहामी सिट बाँडफाँटको अन्तिम चरणमा छौं । गठबन्धनमा आबद्ध दललाई न्यायपूर्ण र सम्मानजनक ढंगले सिट बाँडफाँट हुन्छ । सबैले जितेको महसुस हुने गरी हामी निष्कर्षमा पुग्छौं,ु उनी भन्छन् ।

संविधान, लोकतन्त्र, स्थायित्व, विकास र समृद्धिका लागि गठबन्धन बनेको भन्दै यसको आवश्यकतालाई केन्द्रमा राखेर निष्कर्षमा पुग्न लागेको उनको भनाइ छ । उनले भने, असोज २३ गते उम्मेदवारी दर्ता गर्नु कुरालाई ध्यानमा राखेर हामी निर्णयमा पुग्छौं । यसका लागि भोलि ९विहीबार० बिहान ९ बजे फेरि बस्ने उनको भनाइ छ ।

प्रकाशित : २० आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६