खोज–अनुसन्धान

एमाले-राप्रपाको तालमेल प्रयास किन भो अलपत्र ?



काठमाडौं २०असोज । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मनोनयन गर्ने दिन नजिक आइसक्दा पनि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेलको प्रयासले अझै मूर्तरूप लिन सकेको छैन । यद्यपि, दुई पार्टीबीच शीर्ष तहमा छलफल र संवाद जारी छन् । पटक एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा समकक्षी राजेन्द्र लिङदेनबीच गत सोमबार संक्षिप्त भेटवार्ता भएको थियो । तर, उक्त भेटवार्ता ठोस निष्कर्षमा पुग्न नसकेको स्रोतले बताएको छ । ओली–लिङ्देन भेटपछि अस्तिकै दिन बसेको राप्रपा पदाधिकारी बैठकले पनि एमालेसँगको तालमेलका विषयमा कुनै निर्णय लिएन ।

स्रोतका अनुसार प्रतिनिधिसभा चुनावमा राप्रपाका ६ जना नेताहरूलाई सहयोग गर्न एमाले सकारात्मक छ । राप्रपाले भने १२ सिटमा एमालेले सहयोग गर्नुपर्ने प्रस्ताव गरेपछि कुरा मिल्न नसकेको हो । अब स्थानीय आवश्यकताका आधारमा थोरै स्थानहरूमा तालमेल हुन सक्ने सम्भावना रहेको दुवै पार्टीका नेताहरूले बताएका छन् ।

एमालेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका नेताहरूलाई सिट छोड्न सकिने प्रस्ताव गरेको थियो । लिङ्देन एमाले अध्यक्ष ओलीको गृह जिल्ला झापाबाट उम्मेदवार बन्दैछन् भने मिश्रले काठमाडौं १ बाट चुनाव लड्ने औपचारिक घोषणा गरेका छन् । २०७४ सालको चुनावमा जस्तै यसपालि पनि झापामा एमालेले लिङ्देनलाई र राप्रपाले ओलीलाई सघाउने निश्चितप्राय छ ।

वरिष्ठ उपाध्यक्ष मिश्र पनि काठमाडौं १ मा एमालेको समर्थन प्राप्त गर्नेमा आशावादी छन् । उनले राप्रपा प्रवेश गर्नु अगावै एमाले अध्यक्ष ओलीसँग व्यक्तिगत स्तरमा भेटघाट गरेर सहयोग मागेका थिए । ओलीले त्यस बेला सकारात्मक जवाफ दिएको उनको दाबी थियो ।

यद्यपि, मिश्रलाई समर्थन गर्ने विषयमा ओली टुंगोमा पुगिसकेका छैनन् । अहिले काठमाडौं १ बाट एमालेको सम्भावित उम्मेदवारका रूपमा किरण पौडेलको नाम चर्चामा ल्याइएको छ ।

एमालेले नेपालगञ्जमा डा। धवलशम्शेर राणा, जुम्लामा ज्ञानेन्द्रबहादुर शाही, रुपन्देहीमा दीपक बोहरा र चितवनमा विक्रम पाण्डेलाई समर्थन गर्न सकिने प्रस्ताव गरेको राप्रपाका एक नेताले बताए । तर राप्रपाले यत्तिमा चित्त बुझाएको छैन ।

अस्ति बसेको राप्रपा पदाधिकारी बैठकले एमालेसँग तालमेलको ढोकालाई खुल्ला राख्दै देशभरका सबै क्षेत्रमा उम्मेदवारीका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ । चुनावको मनोनयनअघि २० गते कार्यसम्पादन समितिको बैठक बसेर उम्मेदवारको अन्तिम टुंगो लगाइने एक पदाधिकारीले बताए ।

‘यो बीचमा एमालेसँग समझदारी भयो भने भने, नत्र हामी आफ्नै ढंगले निर्वाचनमा होमिन्छौँ,’ ती नेताले भने ।
एमाले उपमहासचिव विष्णु रिमाल भने आसन्न निर्वाचनमा पार्टीले केन्द्रबाट कसैसँग पनि गठबन्धन नगर्ने बताए ।

उनले दाबी गरे, ‘हामीले केन्द्रको स्तरबाट कसैसँग चुनावी तालमेलबारे छलफल गरिरहेका छैनौँ । राप्रपासँग स्थानीय स्तरमा सहमति भएर केही स्थानमा तालमेल हुन सक्छ ।’


काठमाडौं २०असोज । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मनोनयन गर्ने दिन नजिक आइसक्दा पनि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेलको प्रयासले अझै मूर्तरूप लिन सकेको छैन । यद्यपि, दुई पार्टीबीच शीर्ष तहमा छलफल र संवाद जारी छन् ।पछिल्लो पटक एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा समकक्षी राजेन्द्र लिङदेनबीच गत सोमबार संक्षिप्त भेटवार्ता भएको थियो । तर, उक्त भेटवार्ता ठोस निष्कर्षमा पुग्न नसकेको स्रोतले बताएको छ । ओली–लिङ्देन भेटपछि अस्तिकै दिन बसेको राप्रपा पदाधिकारी बैठकले पनि एमालेसँगको तालमेलका विषयमा कुनै निर्णय लिएन ।स्रोतका अनुसार प्रतिनिधिसभा चुनावमा राप्रपाका ६ जना नेताहरूलाई सहयोग गर्न एमाले सकारात्मक छ । राप्रपाले भने १२ सिटमा एमालेले सहयोग गर्नुपर्ने प्रस्ताव गरेपछि कुरा मिल्न नसकेको हो । अब स्थानीय आवश्यकताका आधारमा थोरै स्थानहरूमा तालमेल हुन सक्ने सम्भावना रहेको दुवै पार्टीका नेताहरूले बताएका छन् ।

एमालेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका नेताहरूलाई सिट छोड्न सकिने प्रस्ताव गरेको थियो । लिङ्देन एमाले अध्यक्ष ओलीको गृह जिल्ला झापाबाट उम्मेदवार बन्दैछन् भने मिश्रले काठमाडौं १ बाट चुनाव लड्ने औपचारिक घोषणा गरेका छन् । २०७४ सालको चुनावमा जस्तै यसपालि पनि झापामा एमालेले लिङ्देनलाई र राप्रपाले ओलीलाई सघाउने निश्चितप्राय छ ।वरिष्ठ उपाध्यक्ष मिश्र पनि काठमाडौं १ मा एमालेको समर्थन प्राप्त गर्नेमा आशावादी छन् । उनले राप्रपा प्रवेश गर्नु अगावै एमाले अध्यक्ष ओलीसँग व्यक्तिगत स्तरमा भेटघाट गरेर सहयोग मागेका थिए । ओलीले त्यस बेला सकारात्मक जवाफ दिएको उनको दाबी थियो ।यद्यपि, मिश्रलाई समर्थन गर्ने विषयमा ओली टुंगोमा पुगिसकेका छैनन् । अहिले काठमाडौं १ बाट एमालेको सम्भावित उम्मेदवारका रूपमा किरण पौडेलको नाम चर्चामा ल्याइएको छ ।

एमालेले नेपालगञ्जमा डा। धवलशम्शेर राणा, जुम्लामा ज्ञानेन्द्रबहादुर शाही, रुपन्देहीमा दीपक बोहरा र चितवनमा विक्रम पाण्डेलाई समर्थन गर्न सकिने प्रस्ताव गरेको राप्रपाका एक नेताले बताए । तर राप्रपाले यत्तिमा चित्त बुझाएको छैन ।अस्ति बसेको राप्रपा पदाधिकारी बैठकले एमालेसँग तालमेलको ढोकालाई खुल्ला राख्दै देशभरका सबै क्षेत्रमा उम्मेदवारीका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ । चुनावको मनोनयनअघि २० गते कार्यसम्पादन समितिको बैठक बसेर उम्मेदवारको अन्तिम टुंगो लगाइने एक पदाधिकारीले बताए ।

‘यो बीचमा एमालेसँग समझदारी भयो भने भने, नत्र हामी आफ्नै ढंगले निर्वाचनमा होमिन्छौँ,’ ती नेताले भने ।एमाले उपमहासचिव विष्णु रिमाल भने आसन्न निर्वाचनमा पार्टीले केन्द्रबाट कसैसँग पनि गठबन्धन नगर्ने बताए ।उनले दाबी गरे, ‘हामीले केन्द्रको स्तरबाट कसैसँग चुनावी तालमेलबारे छलफल गरिरहेका छैनौँ । राप्रपासँग स्थानीय स्तरमा सहमति भएर केही स्थानमा तालमेल हुन सक्छ ।’

प्रकाशित : २० आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६