प्रदेश

पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द



पाल्पा, २० असोज ।
पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ । बिहान पहिरो खसेपछि सडक बन्द भएको हो ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–२, खस्यौलीको जोर्ते क्षेत्रमा ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जोर्ते बजार नजिकैको सडक चौडा गरेको ठाउँमा पहिरो खसेको हो ।

सडक बन्द हुँदा गुल्मी, बाग्लुङ, अर्घाखाँचीबाट बुटबल तथा काठमाण्डौ आउने जाने गाडी र यात्रु बाटोमै रोकिएका छन् । सकेसम्म छिट्टै सडक खुलाउने प्रयास भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित : २० आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६