प्रदेश

अर्घाखाँचीमा दशैं मनाउन मामाघर हिँडेका बालकलाई खोलाले बगाँउदा बेपत्ता



अर्घाखाँची, २० असोज ।
अर्घाखाँचीको सन्धिखर्कमा दसैँ मनाउन मामाघर हिँडेका बालकलाई खोलाले बगाउँदा बेपत्ता बनाएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ७, खाँचीकोट किटेनी निवासी तारा पौडेलका १० वर्षीय छोरा समीर पौडेललाई स्थानीय फर्ज्याङ खोलाले हिजो बुधवार दिउँसो बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

पौडेलले एक छोरा र एक छोरी लिएर दसैँ मनाउन भूमिकास्थान–७, चिदिचौर जाने क्रममा खोला तर्न खोज्दा बालकलाई बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण घिमिरेले जानकारी दिए। बच्चाको खोजी कार्य जारी रहे पनि हिजो रात परिसकेकोले आज पुनः खोजी गरिने प्रहरीले जनाएको छ। अर्घाखाँचीमा पानी परेपछि साना खहरे खोलाहरू बढेको स्थानीयले बताएका छन् ।

प्रकाशित : २० आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६