प्रदेश

बबई नदीमा आएको बाढीले दाङका ९ घर डुबानमा



दाङ, २० असोज । लगातारको वर्षातका कारण दाङको बबई नदीमा आएको बाढीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बगरपुरमा ९ वटा घर डुबानमा परेका छन् ।

प्रहरीका अनुसार नदीको बीचमा ९ वटा घरमा ३५ जना फसेका छन् । यस्तै तुलसीपुर–१५ मलवारमा ६ वटा घर डुबानमा परेका छन् ।

घर डुबानमा परेका कारण ६ घर परिवार आफन्तीको घरमा बसेका छन् । यस्तै दाङको देउखुरी क्षेत्रको राप्ती नदीमा आएको बाढीले नदी तटीय क्षेत्र जलमग्न भएको छ ।

प्रहरीका अनुसार आसपासका केही घरहरू डुबानमा परेको र केहीलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

वर्षातका कारण लमही–४ शान्तिनगरमा पनि २ घर डुबानमा परेका छन् । पहिरो र बाढीले घरमा डेढ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।

प्रकाशित : २० आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६