प्रदेश

पहिरोका कारण गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध



कपिलवस्तु, २० असोज ।
तीन दिनदेखि लगातार परेको वर्षाका कारण गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध भएको छ । सन्धिखर्क नगरपालिकाको घुम्ती भन्ने स्थानमा हिजोदेखि पहिरो खसिरहेकाले बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडकमाथिबाट लेदोसहितको पहिरो निरन्तर खसिरहेको छ । पहिरो हटाउन डोजर परिचालन गरे पनि पहिरो खस्न नछाडेको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

पहिरो सडकमा थुप्रिएकाले हटाउन समस्या भएको उनले बताए । ‘पहिरो हटाएको एकैछिनमा फेरि खस्छ,’ उनले भने, ‘पहिरो खस्दा जोखिम भयो ।’

प्रकाशित : २० आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६