प्रदेश

कपिलवस्तुको कृष्णनगरमा शान्तिपूर्ण दुर्गा भवानीको मूर्ति बिसर्जन




कपिलवस्तु, २० असोज ।
कपिलवस्तु जिल्लाको कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानीको मूर्ति विजया दशमीको दिन प्रहरीको कडा सुरक्षाको साथ नदी, ताल र पोखरीमा विसर्जन गरिएको छ । कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहको अगुवाईमा बुधबार कृष्णनगर बजारको मूर्ति विसर्जन शान्तिपूर्ण तरिकाले कडा सुरक्षाका साथ गरिएको छ।

मौसम प्रतिकूल भए पनि भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई मूर्ति विसर्जन गरेका छन् । पानी परीरहदा समेत भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो । दुर्गा माता , गणेश भगवान् , लक्ष्मी माता , सरस्वती माता र राक्षस लगायतको मूर्ति निर्माण गरेर नौ दिन सम्म धर्मशास्त्र अनुसार पुजापाठ गरी विजया दशमीको दिन मूर्ति विसर्जन गरिएको हो ।

तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले दुर्गा माताको विशेष पूजापाठ , नौ दिन व्रत बसेर,र पूजापाठ गरेर हिन्दु धर्मावलम्बीहरूले महान् चाडको रूपमा मनाउने परम्परा पहिले देखि चलि आएको पाइन्छ । कृष्णनगरमा बजारमा रहेका २८ स्थानका मूर्ति मध्ये बजार क्षेत्र हुदै जाने १८ स्थानका मूर्तिहरु रहेको तथा आफूहरु सुरक्षा दिइ शान्तिपूर्वक मूर्ति विसर्जन भएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख शैलेन्द्र पाण्डेले जानकारी दिनु भएको छ ।

कृष्णनगरमा मूर्ति विसर्जनको क्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारी समेतको उपस्थिती तथा वडाध्यक्ष कृष्ण कुमार गुप्ता, नेपाल प्रहरी , सशस्त्र प्रहरी, जनप्रतिनिधि , समाजसेवी , बुद्धिजीवी ,हिन्दु भक्तजनहरुको वृहत सहभागितामा मूर्ति विसर्जन गरिएको थियो ।

प्रकाशित : २० आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६