प्रदेश

दाङ, प्यूठान, र नवलपरासीमा ठूलो वर्षाः दिउँसोसम्म सर्तकता अपनाउन आग्रह




काठमाण्डौ, २१ असोज ।
पश्चिम राप्ती जलाधारको दाङको लालमटीया, भालुबाङ, लमही, रातामाटा, प्यूठानको स्वर्गद्वारी, हंसपुर र आसपासमा ठूलो पानी परेको छ ।

राप्तीका साना नदी, दाङ र प्यूठानको खहरे खोलामा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै नवलपरासीको बर्दघाट, डण्डा बजारसहित धेरै ठाउँमा भारी वर्षा मापन भएको छ । ती क्षेत्रमा थप पानी पर्न सक्ने सम्भावना छ ।

अरूण खोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने भएकाले दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित : २१ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६