प्रदेश

सल्यानमा पहिरोले तीन घर र दुई गोठ पुरिए




सल्यान, २१ असोज । सल्यानको कपुरकोट गाउँपालिका ३ सलाम भन्ने स्थानमा पहिरो जाँदा तीन घर र दुई गोठ पुरिएका छन् । केही चौपाया मरेका छन् । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार केशरसिंह रानाको एउटा कच्ची घर र गोठ, बिरबहादुर रानाको एउटा कच्ची घर र विजय सिंह बुढाको एउटा कच्ची घर र गोठ पहिरोमा पुरिएका छन् ।

उनीहरुका भैंसी र बाख्रा पहिरोमा पुरिएर मरेका छन् । ‘घर गोठ पुरिए, पशु धन क्षति भयो तर मानवीय क्षति भने हुन पाएन,’ उनले भने, ‘क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ ।’

प्रकाशित : २१ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६