प्रदेश

उम्मेदवारी दर्ता गर्दा १८ बुँदे स्वघोषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने



काठमाण्डौ, २१ असोज ।
यही असोज २३ गते आइतवार हुने मनोनयन दर्ताका क्रममा उम्मेदवारले १८ बुँदे स्वघोषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले आज शुक्रवार विज्ञप्ति निकालेर मङ्सिर ४ गते हुने चुनावका लागि उम्मेदवारले मनोनयनपत्रसँगै स्वघोषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने जनाएको छ ।

आयोगका अनुसार उम्मेदवारले आफू नेपालको संविधानप्रति पूर्ण निष्ठावान् रहेको, २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको स्वघोषणा गर्नुपर्ने छ । उम्मेदवार कुनै सङ्घीय कानुनले अयोग्य नभएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको, कुनै पनि सरकारी निकायलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको, निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिबद्ध रहेको हुनुपर्छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि २३ गते बिहान १० बजेदेखि बेलुकी ६ मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न सक्नेछन् ।

प्रकाशित : २१ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६