काठमाडौं, २२ असोज । शनिबार विहानैदेखि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भीडभाड सुरु भएको छ । एमाले पार्टी प्रवेश गर्नेको लर्को लागेकाले अध्यक्ष ओलीलाई भ्याईनभ्याई भएको बताइएको छ ।लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं निवर्तमान सांसद अकवाल मियाँ नेकपा एमालेमा प्रवेश गर्नु भएको छ। आज बिहानै बालकोट पुगेर उहाँ एमालेमा प्रवेश गर्नु भएको हो । उहाँ शनिबार पाँच नवज्दै दलबलसहित बालकोट पुगेर अध्यक्ष ओलीबाट खाँदा पहिरिदै एमाले प्रवेश गर्नु भएको हो ।यसअघि उहाँ बारा क्षेत्र नं. –४ बाट प्रतक्ष्य निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो । यस पटक पनि सोही क्षेत्रबाट चुनाव लडने तयारी गरिरहनु भएका उहाँ सो क्षेत्र गठबन्धनबाट एकीकृत समाजवादीको भागमा परेकाले एमाले प्रवेश गर्नु भएको हो । अब सो क्षेत्रमा एकीकृत समाजवादीका किसान श्रेष्ठ र एमालेका तर्फबाट अकवाल मियाँबीच टक्कर हुने भएको छ ।
२२ आश्विन २०७९, शनिबार








प्रतिक्रिया