प्रदेश

कपिलवस्तुबाट टिकट पाउने एमाले नेता




कपिलवस्तु, २२ असोज ।
नेकपा एमालेले आसन्न मंसिर ४ को निर्वाचनका लागि कपिलवस्तुबाट प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

जिल्लाका ३ प्रतिनिधिसभा र ६ प्रदेशसभामा मध्ये २ प्रदेशसभा तालमेलका लागि राखेर एमालेले उम्मेदवार टुङ्ग्याएको हो ।एमालेबाट प्रतिनिधिसभा–१ मा बलराम अधिकारीले टिकट पाएका छन् । प्रदेश सभा ‘क’मा विष्णु पन्थीले टिकट पाएका छन् । प्रदेशसभा ‘ख’ मा भने तालमेलका लागि भन्दै एमालेले खाली राखेको छ ।

प्रतिनिधिसभा–२ मा बृजेश कुमार गुप्ताले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) नवराज लामिछाने र (ख) धर्मबहादुर लाल श्रीवास्तवले टिकट पाएका छन् ।

कपिलवस्तु–३ मा मंगलप्रसाद गुप्तालाई टिकट दिइएको छ । प्रदेशसभातर्फ (क) अर्जुनकुमार केसी र (ख) मा तालमेलका लागि छुट्याइएको छ ।

प्रकाशित : २२ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६