प्रदेश

खोलाले बगाएर पाल्पामा १ जना बेपत्ता




पाल्पा, २२ असोज । खोलाले बगाएर पाल्पामा एक जना बेपत्ता भएका छन् । निस्दी गाउँपालिका–२ सुकेकोटमा स्थानीय साखर्दी खोलाले बगाएर निस्दी गाउँपालिका–१ अर्मलाङ्का ३९ वर्षीय टकबहादुर बराई मगर बेपत्ता हुनुभएको हो ।

गए राति ससुरालीबाट घर फर्कने क्रममा बराई खरामपुर नगरपालिका–१ र निस्दी गाउँपालिका–१, को सिमाना साखर्दी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उहाँसँगै रहेका चन्द्रबहादुर आले र नेश्नल राना भने खोला तर्न सफल हुनुभएको थियो । बेपत्ता टकबहादुरको खोजी भइरहेको छ ।

प्रकाशित : २२ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६