प्रदेश

विपदमा परेकालाई उद्धार गर्न, आवश्यक परे हेलिकप्टर प्रयोग गर्न गृह मन्त्रीको निर्देशन



काठमाण्डौ, २२ असोज । गृह मन्त्री बालकृष्ण खाणले निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि निर्देशन दिनुभएको छ ।

गृह मन्त्री खाणले हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्थामा तत्काल प्रयोग गर्न पनि गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । उहाँले सुरक्षा निकाय र प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरी सरकारको मुख्य दायित्व नागरिकको जिउ–धनको रक्षा गर्नु रहेको भन्दै विपदमा परेकाको तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।

गृह मन्त्री खाणको निर्देशनपछि नेपाली सेनाका दुई वटा हेलिकप्टर सुर्खेतमा तैनाथी अवस्थामा रहेका छन् । निरन्तरको वर्षापछि आएको बाढी, पहिरो र डुबान पीडितलाई तत्काल उद्धार, उपचार, पुनर्स्थापना र राहतको व्यवस्था गर्न पनि गृह प्रशासनलाई उहाँले निर्देशन दिनुभएको छ ।

प्रकाशित : २२ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६