प्रदेश

प्रचण्ड र बाबुराम सँगै गोरखा जाने र उम्मेदवारी दर्ता गर्ने



काठमाडौं, २२ असोज ।
आसन्न निर्वाचनको उम्मेदवारी दर्ता गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन् ।

प्रचण्डले गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउँदैछन् । गोरखा २ बाबुरामको पनि क्षेत्र हो । यसअघि माओवादीको चुनाव चिह्नबाट बाबुरामले प्रतिस्पर्धा गर्ने भनिएको थियो तर अन्तिम समयमा माओवादी अध्यक्ष प्रचण्डले अघिल्लो पटक आफू निर्वाचित भएको चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ रोजेका थिए ।

बाबुरामले मध्यरातमा ट्वीट गर्दै प्रचण्ड गोरखाबाट चुनाव लड्नुमा ठूलो सांकेतिक महत्व रहेको भन्दै उनलाई ‘अन्तर हृदयदेखि स्वागत’ गरेको बताएका छन् । भट्टराई आफैंले यो पटक प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।

बाबुरामको सचिवालयका एक सदस्यले भोलि आइतबार उम्मेदवारी दर्ता गर्न प्रचण्ड र बाबुराम सँगै गोरखा जाने जानकारी दिए । निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ ।

प्रकाशित : २२ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६