ब्रेकिंग न्युज

बस्तीमा बाढी पसेपछि सडकमा बास



कैलाली, २२ असोज : कैलालीमा केही दिनदेखिको लगातारको वर्षाका कारण घर डुबानमा परेपछि बाढीपीडित हुलाकी सडकमा टहरा निर्माण गरी बसेका छन् । भजनी नगरपालिका–८ का दुई सय ५० घरधुरीका अन्दाजी छ सय जना अहिले हुलाकी सडकमा अस्थायी बसोबासका लागि टहरा निर्माण गरी बसोबास गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भजनी नगरपालिका–३ का ७० घर धुरीका अन्दाजी दुई सय ५० जना सोही नगरपालिकास्थित रहेको राष्ट्रिय माध्यामिक विद्यालय ढुसीमा र वडा नं ३ का १५ घरधुरीका अन्दाजी ६० जना मानिस हुलाकी सडकखण्डको किनारमा त्रिपाल रोकी बसेका छन् ।अविरल वर्षाका कारण कान्द्रा र मोहना नदीमा आएको बाढी कारण भजनी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन् । वर्षाले भजनी नगरपालिकाको वडा नं ३, २, ७ र ८ का पल्टापुर, मोहनपुर तिनघरुवा, शिविर टोल, खल्ला टोल र पाण्डे टोललगायतका बस्तीमा बाढी पस्दा घर डुबानमा परेका छन् ।(रासस)

प्रकाशित : २२ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६