ब्रेकिंग न्युज

प्रचण्डका ज्वाईंलाई प्रदेशसभाको टिकट



विराटनगर, २२ असोज । मोरङ जिल्लाको क्षेत्र नम्वर ६ को प्रदेशसभा (क) बाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाई जीवन आचार्यले टिकट पाउनु भएको छ् ।२०७४ सालको निर्वाचनमा तत्कालिन वाम गठबन्धनबाट उम्मेदवार बनेका आचार्य तत्कालीन कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग पराजित हुनुभएको थियो। यो पटक तबदारलाई कांग्रेसले प्रतिनिधिसभा तर्फको समानुपातिक सूचीमा राखेको छ ।

मोरङमा माओवादीले गठबन्धनबाट प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभामा तीन सिट पाएको छ । माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ४ बाट अमनलाल मोदी र क्षेत्र नम्बर ५ बाट शिवकुमार मण्डलको एकल नाम सिफारिस भएको थियो । उनीहरु दुबैले सिफारिस भएको स्थानबाट टिकट पाउनु भएको हो ।प्रदेश सभातर्फ मोरङको क्षेत्र नम्बर १ को (क)बाट कुलप्रसाद साम्बा (कुशल लिम्बू) ले टिकट पाएका छन् । उनी सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

प्रकाशित : २२ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६