डोटी, २२ असोज । डोटीमा गठबन्धनभित्र भाँडभैलो मच्चिएको छ । डोटी काँग्रेसले पहिले नै सो जिल्लामा गठबन्धन नगर्न सर्वसम्मत निर्णय गर्दै दवावा दिएको थियो । गठबन्धन गर्दा प्रतिनिधि सभामा नेकपा एस र एउटा प्रदेश मात्र काँग्रेसले पाए पछि भाँडभैलो भएको हो ।डोटी नेकपा (एस) ले प्रेम आलेलाई उम्मेवार बनाउने भएको छ भने प्रदेश सभा (ख) मा माओवादीका उम्मेदवार हुने छन् । कांग्रेसले आफ्नो भागमा परेको प्रदेशसभा क मा जिल्ला सभापति नरेन्द्रबहादुर सिंहलाई उम्मेदवार वनाएको छ ।सिट बाँडफाँटप्रति असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताले भने प्रतिनिधिसभा सदस्यमा महाधिवेशन प्रतिनिधि पदमराज जोशीलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।प्रदेशसभातर्फ ९ख० मा भूमिराज बडुले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् बडु नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा जिल्ला सभापतिको प्रतिस्पर्धामा थिए ।
२२ आश्विन २०७९, शनिबार








प्रतिक्रिया