ब्रेकिंग न्युज

‘माओवादीको चिह्नबाट चुनाव लड्दिनँ’ : भुसाल



काठमाडौं २२ असोज : नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले पार्टीभित्र १० बुँदेको मर्मअनुसार अघि बढिरहेकालाई टिकट नदिएर अध्यक्ष केपी शर्मा ओलीले ती पक्षधरको ‘कत्लेआम’ गरेको टिप्पणी गरेका छन्।पार्टीभित्र दस बुँदा मर्मअनुसार अघि बढिरहेकाहरूलाई अवसरको ढोका विगतमा पनि बन्द गरिएको र हाल उनीहरूमाथि नेतृत्वले कत्लेआम गरेको उनले बताएका छन्।१० बुँदे भनेको १० भाइ मात्रै होइन। यो एउटा मर्म हो। यस मर्मअनुसार काम गर्ने अरू साथीहरू पनि योग्य थिए। पढेलेखेका थिए। यसको मर्मअनुसार काम गर्नेको कत्लेआम भयोउनले भने। पार्टीभित्र विचारको कुरा गर्दा सधैं अपमानित हुनुपरेको उनको भनाइ छ।विचारको कुरा गर्दा सधैं अपमानित हुनुपर्‍यो। आफूले विचार बहस, छलफल गर्ने कुनै ठाउँ पाइनँ। मूल्य हराउँदै गएको राजनीतिमा मेरो आलोचना गर्नु स्वाभाविक हो।एमाले छाडेसँगै भुसाल रूपन्देहीबाट स्वतन्त्र उम्मेदवारीको तयारीमा छन्। उनलाई सत्ता गठबन्धनले सघाउने कुरा छ। उनी उठ्न लागेको रूपन्देही-१ माओवादीको भागमा परेको छ।भुसाल पनि माओवादीको चिह्नबाट चुनाव लड्ने कुरा चलिरहेकोमा उनले यसमा सत्यता नभएको बताए।म माओवादीको चुनाव चिह्नबाट लड्ने कुरामा कुनै सत्यता छैन,’ उनले प्रस्ट्याए।भुसालले शनिबार सामाजिक सञ्जालमार्फत एमाले परित्याग गरेको घोषणा गरेका थिए। ४५ वर्षसम्म विधिको र पार्टी पुनर्स्थापनाको कुरा गरे पनि हाल सम्भव नदेखेपछि छोड्नुपरेको उनको भनाइ छ।

म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष केपी ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु,’ उनले लेखेका छन्।आसन्न प्रतिनिधि सभा निर्वाचनमा रूपन्देहीबाट उम्मदेवार सिफारिस भए पनि नेकपा एमालेले उनलाई टिकट नदिएपछि उनले पार्टी छाडेका हुन्।भुसालले २०७४ को चुनावमा वाम गठबन्धनबाट रूपन्देही ३ बाट जितेका थिए। त्यो बेला पनि भुसाल रूपन्देही-१ मै उठ्न चाहेका थिए। तर एमाले अध्यक्ष केपी ओलीले उनलाई रूपन्देही-३ दिएका थिए। रूपन्देही-१ मा त्यतिखेर एमालेका छविलाल विश्वकर्माले जिते।यसपालि पनि भुसालले एमालेबाट रूपन्देही-१ नै खोजेका थिए। तर उनले एमालेबाट टिकट नै पाएनन्। एमालेले रूपन्देही-१ मा यसपालि छविलाल विश्वकर्मालाई नै टिकट दिएको छ।एमालेको नवौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका भुसाल दसौं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए। आफूले सार्वजनिक गरेको सूचीलाई चुनौती दिएको भन्दै एमाले अध्यक्ष केपी ओली भुसालप्रति अनुदार बन्दै आएका छन्। ओलीले आफ्ना विरूद्धमा अध्यक्ष उठेका भीम रावल, भुसाल लगायतलाई भोट नहाल्न उर्दी नै जारी गरेका थिए।

प्रकाशित : २२ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६