प्रदेश

उम्मेदवारी दर्ता गर्न बाबुराम र नारायणकाजीसहित प्रचण्ड गोरखामा




काठमाण्डौ, २३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवारी दर्ता गर्न गोरखा पुग्नुभएको छ ।

पुराना सहकर्मी तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित प्रचण्ड गोरखा पुग्नुभएको हो । सत्ता गठबन्धनको तर्फबाट प्रचण्डले गोरखाको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिँदै हुनुहुन्छ ।

प्रचण्ड चितवन छाडेर गोरखा जानुभएको हो । यसअघि गोरखाबाट निर्वाचित हुँदै आएका बाबुराम भट्टराईले उम्मेदवारी नदिने घोषणा गरिसक्नुभएको छ ।

प्रकाशित : २३ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६