प्रदेश

सत्ता गठबन्धनलाई चुनौती : कांग्रेसको मत संरक्षण गर्न गूरुङको स्वतन्त्र उम्मेदवारी



बाणगंगा, २३ असोज ।नेपाली कांग्रेसका नेता ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालय गजेहडा आएका गुरुङले गठबन्धनका उम्मेदवार विरुद्ध बिद्रोहि उम्मेदवारी दर्ता गराएका हुन् ।आसन्न मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभा १ मा सत्ता गठबन्धनले बलदेवलाई उम्मेदवार बनाएको छ । उम्मेदवारी दिए लगत्तै पत्रकारहरुसंग कुराकानी गर्दै उनले नेपाली कांग्रेसको मत संरक्षणका लागि आफूले उम्मेदवारी दिएको बताए ।
गुरुङ कांंग्रेस केन्द्रिय नेता दिपकुमार उपाध्यया पक्षधर नेता हुन् ।उनी कांग्रेस केन्द्रिय सदस्य अत्तहर कमालसंग पनि नजिकको सम्वन्धन राख्दछन् । अत्तहर कमालले मंगल प्रसाद थारुलाई प्रदेश सभा सदस्य उम्मेदवार वनाउन खोज्दा नपाउनु र दिपकुमार उपाध्याय खेमाले केहिदिन अघि पत्रकार सम्मेलन नै गरेर माओवादीका नेता बलदेव खनाललाई थठबन्धनको उम्मेदवार वनाए जिताउन सकिन्न भन्ने दावि गर्नु कै परिणाम स्वरुप ललित गुरुङको कांग्रेसवाट वागी उम्मेदवारी परेको कांग्रेस नेताहरु वताउछन्।

नेताहरुको सल्लाह, सुझावको आधारमा आफूले उम्मेदवारी दिएको उनले बताए ।केन्द्रीयस्तरको एकलौटी निर्णय आफूहरुलाई स्विकार्य नहुने भन्दै पार्टीको अस्तित्व रक्षाका लागि आफू उम्मेदवार बनेको उनले बताए । लामो समय कांग्रेसको राजनीति गर्दै आएका उनी कांग्रेसका जिल्ला सदस्य छन् । उनले चुनवाको उम्मेदवारीलाई अवसर र चुनौती दुवै तरिकाले लिएको बताएका छन् ।

प्रकाशित : २३ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६