प्रदेश

एमालेले गर्‍यो जिल्लाका ९ वटै स्थानमा मनोनयन दाखिला




कपिलवस्तु, २३ आश्विन ।
नेकपा (एमाले) कपिलवस्तुले मंसिर ४ को प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका निम्ति जिल्लाका ८ स्थानमा मनोनयन पत्र दाखिला गरेको छ । जिल्लाका ३ प्रतिनिधी सभा ६ प्रदेश सभा गरी ९ वटै स्थानमा उम्मेद्वारी मनोनयन पत्र दाखिला गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो । प्रतिनिधी सभा १ बाट एमाले केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य बलराम अधिकारीको मनोनयन दाखिला गर्नु भएको छ भने प्रदेश सभा तर्फ १ को क बाट एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् निवर्तमान प्रदेश सभा सदस्य विष्णु पंथी, र १ को “ख” बाट मधुशुधन शरण चौधरीको मनोनयन पत्र दाखिला गरेको एमाले कपिलवस्तुले जनाएको छ । प्रतिनिधी सभा २ बाट एमाले केन्द्रिय सदस्य, लुम्बिनी प्रदेशका सहइन्चार्ज एवम् निवर्तमान प्रतिनिधी सभा सदस्य वृजेश कुमार गुप्ताको उम्मेद्वारी दाखिला भएको छ । त्यस्तै प्रदेश सभा तर्फ २ को क बाट नवराज लामिछाने र २ को ख बाट निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य धर्मलाल श्रीवास्तवको मनोनयन दाखिला गरेको छ । प्रतिनिधी सभा ३ बाट एमाले केन्द्रिय सल्लाहकार मंगल प्रसाद गुप्ताको मनोनयन दाखिला भएको छ । त्यस्तै प्रदेश सभा तर्फ ३ को क बाट अर्जुन कुमार केसी र ३ को ख बाट रजाउ रहमान खाँको उम्मेद्वारी मनोनयन गरिएको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग, कपिलवस्तुले जनाएको छ । उम्मेद्वारी मनोनयन दाखिलाका लागि एमाले पोलिटब्यूरो सदस्य बिमला घिमिरे, केन्द्रिय नेताहरु गिरधारीलाल न्यौपाने, शहराज अहमद फारुकी, शुसिल कुमार श्रीवास्तव, झविलाल पोख्रल, चक्रपाणी अर्याल, विश्राम प्रसाद थारु , लगायतका नेता कार्यकर्ताहरुको उत्साहजनक उपस्थिती रहेको एमाले जिल्ला सचिव सिवि गहतराजले जानकारी दिनुभयो ।

प्रकाशित : २३ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६