भेषराज पाण्डे
कपिलवस्तु २४ असोज ।कपिलवस्तुको प्रतिनिधी सभा १ मा विभिन्न दल तथा स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जस अनुसार एमाले-जसपा गठबन्धनका तर्फवाट एमालेका केन्द्रिय नेता बलराम अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको छ । जसपा बाहेकको सत्ता गठबन्धनका तर्फवाट माओवादी केन्द्रका नेता चक्रपाणी खनाल वलदेवले उम्मेदवारी दिनु भएको छ । सत्ता गठबन्धनको उम्मेदवारी विरुद्ध कांग्रेसका जिल्ला नेता ललित गूरुङले वागी उम्मेदवारी दिनु भएको छ।
यस्तै अन्य दल तर्फ ध्रुव वहादुर रायमाझीले राप्रपा, नगेन्द्र चौधरीले जनमत पार्टी (सीके राउत समुह) ,रविन्द्र नाथ मिश्राले लोसपावाट प्रतिनिधी सभा १ को सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । आफूलाई लामो समयदेखि स्वतन्त्र भनेर मत माग्दै घरदैलो गर्दै आएका इन्जिनियर देबेन्द्र कुमार शर्माले हाम्रो नेपाली पार्टीवाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
उत्तम आलले राष्ट्रिय जनमुक्ति पार्टीवाट , उत्तम सिंह रानाले मंगोल नेशनल अर्गनाइजेशनवाट , तपेश्वरी कहारले बहुजन शक्ति पार्टीवाट ,वसन्त पोखरेलले एकिकृत शक्ति नेपालपार्टीवाट उम्मेदवारी दिनु भएको छ। यमलाल चौधरीले नेपाल किसान मजदुर पार्टीवाट ,बीर वहादुर चौधरीले नेपाल संघिय समाजवादी पार्टीवाट , यूवराज शर्मा आचार्यले नकपा मालेवाट , राम नरेश कलवारले राप्रपा नेपालवाट संघिय सांसदका लागि क्षेत्र नं १ कपिलवस्तुवाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।यस्तै राममिलन थारुले रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पाटीवाट ,सञ्जु सिंह विष्टले रवि लामीछानेको राष्ट्रिय स्वतनत्र पार्टीवाट ,श्रवण कुमार उपाध्ययाले जनता प्रगती शिल पार्टीवाट उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै गरी स्वतन्त्र उम्मेदवार दर्ता गराउनेमा हिमाल बुढाथोकी ,शेरवहादुर यादव,योगेश क्षेत्री गिता देवि पौडेल रहनु भएकोछ ।
प्रतिक्रिया