भेषराज पाण्डे
कपिलवस्तु २४ असोज । कपिलवस्तु प्रतिनिधी सभा क्षेत्र नं २ मा ६ वटा राजनैतिक दल र ५ जना स्वतन्त्र गरि कुल ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जस अनुसार नेकपा एमाले र जसपा गठबन्धनवाट बृजेश कुमार गुप्ताले उम्मेदवारी दर्ता गराउनु भएको छ । सत्ता गठबन्धनवाट नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्यले उम्मेदवारी दर्ता गराउनु भएको छ ।यसैगरी लोसपावाट अकवाल अहमद शाह,राप्रपावाट सविता शर्मा ,नेपालका लागि नेपाली पार्टीवाट विश्वनाथ यादव ,मंगल नेशनल अर्गनाइजेशनवाट सूर्य वहादुर थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तैगरी स्वतन्त्रमा कृष्ण आचार्य,जितेन्द्र पाण्डे , प्रल्हाद प्रसाद कहार, विजय नन्द चौबे र साकिल मोहम्मद फकिर गरी ५ जनाले उम्मेदवारी दिएका छन् ।यी सबै स्वतन्त्र दलका डमी उम्मेदवार भएको आकलन गरिएको छ ।
यता प्रदेश सभा २ क मा १३ जनाले उम्मेदवारी दिएका छन् ।एमाले जसपा गठबन्धनवाट प्रदेश क्षेत्र २ कमा नवराज लामीछाने, सत्ता गठबन्धनवाट विक्रम थापा, राप्रपावाट गितेन्द्र मणि शुक्ला , मंगल नेशनल अर्गानाइजेशनवाट जुद्ध वहादुर कपदारले उम्मेदवारी दर्ता गराउनु भएको छ। यो प्रदेश क्षेत्रमा ४ जना मात्र राजनैतिक दलवाट उम्मेदवार बनेका छन् भने ७ जना स्वतन्त्र रहेका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा रुपेश श्रेष्ट, माधुराम न्यौपाने, देविराम अर्याल , थानेश्वर अर्याल ,ताहिर अलि खान , मोहम्मद हुसेन चौधरी ,शिव खनाल ,शुसिल कुमार बस्नेतले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ ।
यी स्वतन्त्रहरु मध्ये धेरै दलका उम्मेदवारका डमी उम्मेदवार रहेकाछन् । कतिपयले भने आधिकारीक उम्मेदवार विरुद्ध वागी र वागीको विरोध गर्दै पुन वागी समेत भएको वताइन्छ । यता प्रदेश क्षेत्र २ ख मा सत्ता गठबन्धनले नेपाली कांग्रेसका नेता सुदाकर पाण्डेलाई प्रदेश उम्मेदवारी टुंगाए अनुसार उहाको मात्रै गठबन्धनवाट उम्मेदवारी परेकोछ । सो क्षेत्रमा एमालेवाट धर्म बहादुरलाल श्रीवास्तवले उम्मेदवारी दर्ता गराउनु भएको छ । जसपाका नेता अब्दुल रसिद खाँले जसपावाट उम्मेदवारी दिनु भएको छ । यो क्षेत्रमा एमाले जसपा गठबन्धन खलबलिएको छ । यसै गरी लोसपावाट अब्दुल रब शाह,हाम्रो नेपाली पाटीवाट गयादिन चौधरी कुर्मी, राप्रपावटा दुर्गा चौहान ,जनमत पाटीवाट सुरताज अहमद मुसलमानले उम्मेदवारी दिनु भएको छ। सो क्षेत्रमा ४ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जसमा कबुतरी बराइन ,दिनेशकुमार पाण्ड, श्री प्रकाश पाण्डे र सकुदेब कुर्मी स्वतन्त्र उम्मेदवार बनेका छन । यी सबै दलका उम्मेदवारका डमी उम्मेदवार रहेका छन् ।
२४ आश्विन २०७९, सोमबार
प्रतिक्रिया