प्रदेश

२ कारणले प्रचण्डले दिएनन् मुख्यमन्त्री केसीलाई टिकट



बुटवल, २४ असोज ।

बुटवल, २४ असोज ।माओावदी केन्द्रका अध्यक्ष प्रचण्डले २ कारणले मुख्यमन्त्री केसीलाई संघ र प्रदेश दुबै तर्फ टिकट नदिएको दावि गरिएको छ। पहिलो हो विगतमा नेकपा विभाजन हुदा राम वहादुर थापासंगै एमाले तिर लाग्न थालेका बखत मुख्य मन्त्ती दिएर माओावदीमै थमाएको घटना प्रति प्रचण्ड नै भुक्त भोगी हुनु । दोश्रो कारण हो पटक पटकका आर्थिक विवादमा निरन्तर मुछिदै जानु ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई पार्टीले टिकट नदिएपछि ५ वर्षका लागि उनको संसदीय यात्रा रोकिएको छ । नेकपा बिभाजनका बेला रामबहादुर थापा बादलको पछाडी लागेर एमालेमा बस्न लागेका केसीलाई मुख्यमन्त्री दिने प्रलोभनमा नेकपा माओवादी केन्द्रमा फर्काएका अध्यक्ष प्रचण्डले यसपटक भने टिकट दिएनन् ।निरन्तर आर्थिक बिवादमा तानिदै आएका कारण पार्टी नेतृत्व असन्तुष्ट भएकाले टिकट पाउन नसकेको माओवादी नेताहरूको भनाई छ । केसी यसअघि २०७४ सालको निर्वाचनमा रोल्पाको प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए । पार्टी पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशको सह इन्चार्जसमेत रहेका मुख्यमन्त्री केसीका पछिल्ला अधिकांश निर्णयप्रति पार्टीका अधिकांश नेताहरू असन्तुष्ट रहेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले उनको ठाउँमा मुख्यमन्त्री बनाउने गरी सचिवालयमा काम गरेका जोखबहादुर महरालाई अगाडि सारेका छन् । केसीको दाबेदारी गरेको रोल्पाको ख बाट महराले उम्मेदवारी दर्ता गरेका छन् । रोल्पाबाट टिकट नपाउने संकेत पाएपछि दाङ सर्न खोजेका केसीलाई उनकै मन्त्रिपरिषदका सदस्य इन्द्रजित चौधरीले नछाडेपछि केसी टिकट विहिन भएका हुन् । उनले श्रीमतीलाई भने समानुपातिक सूचीमा राख्न सफल भएका छन् ।

प्रकाशित : २४ आश्विन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६