अर्थ-वाणिज्य

लुम्विनी प्रदेश : शंकर चम्कदै गर्दा कुल अस्ताउन थाले




कपिलवस्तु २४ असोज । प्रदेशसभाको पहिलो कार्यकालमा दुई जना मुख्यमन्त्री भए । पहिलो मुख्यमन्त्री एमालेका शंकर पोखरेलले प्रदेश सरकार स्थापना र संस्थागत विकासका लागि पर्याप्त काम गरे । दोस्रोपटक पोखरेललाई अल्पमतमा पार्दै मुख्यमन्त्री बनेका माओवादीका कुलप्रसाद केसी भने कामभन्दा बढी विवादित बने । कार्यकाल सकिनै लाग्दा पोखरेल प्रदेशबाट संघीय निर्वाचन लड्दै छन् भने माओवादीका केसी टिकट पाउनैबाट वञ्चित भएका छन् ।कतिपयले यो घटनालाई शंकर चम्कदै गर्दा कुल अस्ताउन थालेको तर्क गरेका छन् ।
पोखरेल २०७४ को निर्वाचनमा एमाले माओवादीको तालमेलपछि मुख्यमन्त्री बन्ने गरी नै दाङ २ (१) बाट निर्वाचित भएका थिए । अहिले दाङ–२ क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार छन् । २०७४ मा पोखरेल प्रदेशमा झरेपछि माओवादीका कृष्णबहादुर महरा प्रतिनिधिसभामा विजयी भएका थिए । अहिले पोखरेलसँग माओवादीकै रेखा शर्मा गठबन्धनबाट प्रतिस्पर्धामा छिन् । मन्त्रीसमेत भइसकेकी माओवादीकी महिला नेतृ शर्मा र एमाले भित्र प्रभावशाली नेताको रुपमा उदाएका एमाले महासचिव र पूर्व मुख्यमन्त्री पोखरेलबीचको प्रतिस्पर्धा रोचक नै छ ।
लुम्बिनी प्रदेशको पुनः मुख्यमन्त्री बन्ने प्रयासमा रहेका माओवादी नेता केसीले भने टिकट नै पाएनन् । सुरुमा संघीय निर्वाचन लड्ने गरी एक क्षेत्र रहेको रोल्पामा उनले प्रयास गरे । तर, वर्षमान पुनले नछोड्ने भएपछि उनी प्रदेशकै मुख्यमन्त्री सुनिश्चित गरी प्रदेशसभामै लड्ने तयारी गरे । तर, प्रदेश तर्फ २ क्षेत्र रहेको रोल्पामा गठबन्धनले एक क्षेत्र कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनलाई दिनैपर्ने सहमती ग¥यो । अर्को क्षेत्रमा अघिल्लो चुनावमा उनैलाई सहयोग गरेका माओवादीका पोलिटब्यूरो सदस्य जोखबहादुर महरा थिए ।
महराले यसपटक प्रदेश नछोड्ने भएपछि केसीलाई अर्को समस्या प¥यो । रोल्पाबाट सम्भावना कम देखेका केसीले त्यसपछि दाङको क्षेत्र नं. १ (१)मा चासो देखाए र अधिकतम प्रयास पनि गरे । तर, प्रदेशमा सुरुमा आन्तरिक मामिला तथा कानुन मन्त्री र डेढ वर्ष मुख्यमन्त्री भएर निरन्तर ५ वर्ष बिताएका केसीले प्रभावकारीभन्दा विवादित काम बढी गरे । त्यसले केन्द्रीय अध्यक्ष पुष्पकमल दाहालकै ‘नोटिस’मा परेका उनले दाङबाट पनि टिकट पाएनन् ।
मुख्यमन्त्री केसी निकट माओवादीका एक नेताकाअनुसार प्रदेश सरकारमा रहँदा पार्टीका लागि उनले कुनै पनि प्रचारात्मक काम गर्न सकेनन् । त्यसैले पनि उनी टिकटका लागि रोजाईमा पर्ने अवस्था नै थिएन । केसीको प्रेस संयोजक भएर काम गरेका रोल्पाका पत्रकार मानसिंह बिकले पनि संघीय र प्रदेश दुवैतर्फ चासो देखाएको भएपनि गठबन्धनकै कारण केसीले टिकट नपाएको बताए ।

प्रकाशित : २४ आश्विन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६