खोज–अनुसन्धान

बिप्लव समूहको नवौ राष्ट्रिय महाधिवेशन शुरु : एक हप्ता लगाएर २ प्रतिबेदनमाथि छलफल हुने




कपिलवस्तु २५ असोज ।नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहको नवौं राष्ट्रिय महाधिवेशन कपिलबस्तुमा मंगलवारदेखि शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय रहेको कपिलवस्तुको शिवगढीमा एकसातासम्म राष्ट्रिय महाधिवेशन जारी रहने बताइएको छ । महाधिवेशन उद्घाटन गर्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा (विसम) ले नेपालका राजनीतिक पार्टीहरू साम्राज्यवादी मुलुकको इसारामा चलेको आरोप लगाए । उनले आफ्नो पार्टी फुटाउन साम्राज्यवादी शक्तिहरुले चलखेल गरिरहेको पनि दावी गरे ।
काठमाडौंको खुल्ला मञ्चमा आयोजना गर्ने भनिएको अधिवेशन अदालतबाट नेकपाका नेताहरुलाई पक्राउ पुर्जी जारी भएपछि शिवगढी सारिएको बताइएको छ । अधिवेशनमा केन्द्रीय समितिले पारित गरेको राजनीतिक प्रतिवेदन, एमसीसी, आगामी निर्वाचन र नेतृत्व चयनको विषयमा छलफल हुने केन्द्रीय सदस्य भेषराज भुसालले जानकारी दिए ।महाधिवेशनमा भाग लिन देशभरबाट ७ सय जना प्रतिनिधि तथा पर्यवेक्षक कपिलवस्तु आएका नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताए । महाधिवेशनमा बुधबारदेखि बन्द सत्र सुरु हुने बताइएको छ ।सात दिनसम्म चल्ने महाधिवेशनमा महासचिव चन्दले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र संशोधित विधान पारित गर्ने केन्द्रीय सदस्य भेषराज भुसालले बताए ।

प्रकाशित : २५ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६