खोज–अनुसन्धान

अपराध-कसुरमा मुछिएका रेशम चौधरी सहित ३ नेताको उम्मेदवारी खारेज




कैलाली २६असोज ।टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय भोगिरहेका रेशम चौधरीको पनि उम्मेदवारी खारेज भएको छ। यसअघि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु( को उम्मेदवारी खारेज भएको थियो। टीकापुर हत्याकाण्डका मुख्य पात्रका रुपमा दोषी ठहर भएर डिल्ली बजार जेलमा रहेका चौधरीले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका थिए। नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उनले दर्ता गराएको उम्मेदवारी खारेज भएको सूचना निकाल्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उनले यही आइतबार वारेसनामामार्फत् प्रतिनिधि सभामा उम्मेदवार दर्ता गराएका थिए। उनको उम्मेदवारी नागरिक उन्मुक्ति पार्टीका जग्गुप्रसाद चौधरीले दर्ता गराएका थिए। उनी २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट लोकप्रिय मतसहित निर्वाचित भएका थिए। उनले सांसदका रुपमा सपथ लिन पाए पनि संसदमा प्रवेश गर्न पाएनन्। उनले आफ्नो पाँच वर्षे सांसदको कार्यकाल जेलमै बसेर बिताएका छन्। टीकापुर काण्डपछि भारतमा लुकेर बसेका उनी सांसद निर्वाचित भएपछि नेपाल आएका थिए। प्रतिनिधिसभा निर्वाचन ऐनको दफा १३ को उपदफा ुझु मा कैदमा बसेकोमा कैद बसेको अवधिभर उम्मेदवार बन्न नपाउने व्यवस्था छ।यसअघि २०७४ सालमा कैलाली क्षेत्र नं १ बाट निर्वाचित उनी यसपटक बर्दियाबाट उम्मेदवारी दिन आएका थिए।यता नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द भएको छ । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले लक्ष्मणको उम्मेदवारी रद्द भएको जनाएको हो । लक्ष्मणको उम्मेदवारीविरुद्ध सोमबार उजुरी परेको थियो । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्‍याई सजाय गरी फरार रहेको उनीविरुद्ध उजुरी दर्ता भएको थियो ।
सोही उजुरीको आधारमा उनको मनोनयन दर्ता खारेज गरिएको मुख्य निर्वाचन अधिकृत ओम प्रसाद अर्यालले जानकारी दिएका छन् । प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका राम बहादुर सिंहले दिएको उजुरीको आधारमा उम्मेदवारी रद्ध गरिएको जनाइएको छ ।
रुकुमपश्चिम प्रदेशसभा निर्वाचन ख मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ । बैंकिङ कसूरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भइ सजाय पाएका ओलीविरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुमपश्चिममा उजुरी परेको थियो ।
माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं २ का उम्मेदवार राजकुमार शर्माको तर्फबाट दाबी विरोधको उजुरी परेकोमा छानबिनपछि निर्वाचन आयोगले मंगलबार उम्मेदवारी खारेज गरेको हो ।कांग्रेस नेता ओलीमाथि बैंकिङ कसुर मुद्दामा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको तर ओलीले भुक्तान नगरेकाले अयोग्य रहेको उजुरीमा उल्लेख थियो ।गठबन्धनको भागवण्डाअनुसार रुकुमपश्चिम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ख मा कांग्रेसरमाओवादी भनेर नै उल्लेख गरेको थियो । सोहीअनुसार माओवादीका साथै कांग्रेसले पनि ओलीलाई उम्मेदवार बनाएको थियो ।

प्रकाशित : २६ आश्विन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६