प्रदेश

वृद्धभत्ता खाने उमेर पुगेका १२६ जना उम्मेदवार



विराटनगर २६ असोज । गोरखाको संघीय निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेस ९बी।पी।०बाट उम्मेदवारी दिएका टीकादत्त पोखरेलको उमेर ९९ वर्ष पुग्यो । तर, उनी अझै निर्वाचन जित्ने अभिलाषाका चुनावी मैदानमा छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी उमेरमा उम्मेदवारी दिने पोखरेल नै हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तेह्रथुममा उम्मेदवारी दिने युवराम गौतम ८७ वर्षका भए । उनी पनि आगामी मंसिर ४ गतेसम्म निर्वाचन जित्ने ध्याउन्नमा सक्रिय हुनेछन् । निर्वाचन आयोगले उम्मेदवारमाथि दाबी विरोधपछि सार्वजनिक गरेको विवरण अनुसार ८० वर्षभन्दा माथिका उम्मेदवारको संख्या १० छ । महोत्तरी–३ बाट उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको उमेर ८० वर्ष छ । यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उमेर पनि ८० वर्ष नै हो । उनी बाग्लुङ–१ बाट सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका छन् ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको एकल चुनाव चिन्हबाट निर्वाचन लड्ने महिन्द्रा राय यादव ८५ वर्षका हुन् । उनी सर्लाही–२ बाट उम्मेदवार बनेका छन् ।
काडमाडौं–६ बाट स्वतन्त्र उम्मेदवारी दिएका विष्णुप्रसाद ढकाल पनि ८५ वर्षका छन् । यस्तै पर्सा–१ बाट स्वतन्त्र उम्मेदवार हृदयनारायण प्रसाद बरै ९८००, बारा–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका कृष्णराज गिरी ९८१०, कास्की–३ का स्वतन्त्र उम्मेदवार पशुपतिनाथ तिमिल्सिना ९८४०, डडेलधुराका स्वतन्त्र उम्मेदवार कर्णसिंह रावल ९८४० पनि उमेरले निकै पाको उम्मेदवारका रुपमा मैदानमा उत्रिएका छन् ।
यस्तै ७० देखि ७९ वर्ष उमेरका उम्मेदवार देशभरमा ६९ जना छन् । निर्वाचन आयोगका अनुसार ६८ र ६९ वर्षका उम्मेदवार मात्रै ४७ जना छन् ।

प्रकाशित : २६ आश्विन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६