जीवनशैली

अबको दुई तीन दिन पछि मनसुन बाहिरिने सम्भावना, चिसो बढ्दै



काठमाण्डौ २६ असोज – यसपालि मनसुनको अवधि लम्बिएको छ । नेपालमा मनसुनको अवधि गएको दुई तारिख अर्थात १६ गतेसम्म मात्रै रहने भनिए पनि मनसुन अझै बाहिरिएको छैन ।
मनसुन कायमै रहेकाले एक दुई दिन क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । तर, अब ठूलो वर्षाको सम्भावना भने नरहेको उहाँको भनाइ छ । अहिले काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ । बेलुकी पख हल्का वर्षाको सम्भावना छ ।
बिहान केहीबेर प्रदेश १ र मधेस प्रदेशका केही ठाउँमा हल्का पानी परेको थियो । अब ठूलो वर्षा भने नहुने उहाँले बताउनुभयो । अबको दुई तीन दिनपछि पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने पनि मौसमविद्को भनाइ छ । मौसमविद् पौडेलले भन्नुभयो, ‘आउँदो शनिवार र आइतवार पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने अनुमान छ, तर आधिकारिक पुष्टि भने भइसकेको छैन ।’
यसैबीच, केही दिन लगातार झरी परेसँगै चिसो हुन थालेको छ । न्यूनतम र अधिकतम तापक्रममा खासै घटबढ नभए पनि लगातारको झरीका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परेको र राम्ररी घाम नलागेकाले चिसो महशुस भएको मौसमविद्ले बताएका छन् ।

प्रकाशित : २६ आश्विन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६