हरि घिमिरे,
कपिलवस्तु,२६ असोज ।
आसन्न ४ मंसिरमा हुने निर्वाचनका लागि उम्मेद्वरी दिएका कपिलवस्तुमा तिन जनाको उम्मेद्वारी फिर्ता भएको छ । निर्वाचन आयोगले बुधवार (आज) दिउसो १ बजे देखि ३ बजे सम्म उम्मेद्वारी फिर्ताको समय तोकेको थियो । सो समय अवधिमा कपिवस्तु क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्यमा हिमाल बुढाथोकिको स्वतन्त्र तर्फको उम्मेद्वारी फिर्ता लिएका छन् । त्यस्तै कपिवस्तु क्षेत्र न. २ को १ मा प्रदेश सभा सदस्यमा जनमत पार्टी बाट उम्मेद्वारी दिएका सरताज अहमद मुसलवानले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यलयका सुचना अधिकारी अनिता क्षेत्रिले जानकारी दिईन । यस्तै कपिवस्तु क्षेत्र न. २ को २ मा प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका रुपेश श्रेष्ठले पनि उम्मेद्वारी फिर्ता लिएका छन् । एमालेका नेता समेत रहेका श्रेष्ठले टिकट बितरणमा असन्तुष्ट जनाउदै प्रतिनिधि सभा तर्फ स्वतन्त्र उम्मेदवारी दिएका थिए । यता निर्वाचन कार्यलयले उम्मेद्वारी फिर्ताको समय सकिएकाले अव अन्तिम नामावलि प्रकाशनको तयारी गरेको सुचना अधिकारी क्षेत्रिले बताईन । निर्वाचन आयोगले अन्तिम नामावलि पछि उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्दैछ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारहरुलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ ।
२६ आश्विन २०७९, बुधबार








प्रतिक्रिया