बुटवल २६ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अविरल वर्षातसँगै आएको बाढी पहिरोमा परी अङ्गभङग भएका र घरबार विहीन भएका पीडितहरूको उपचार र बसोबासको व्यवस्थापन सरकारले गर्ने बताएका छन् । दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै मुख्यमन्त्री केसीले यस्तो बताएका हुन ।अबिरल वर्षासँगै बाढी पहिरोका कारण प्रदेशका १२ जिल्ला नै प्रभावित भएका सरकारले आपतकालीन रुपमा यस्तो निर्णय गरेको उनले बताए ।
मुख्यमन्त्री केसीले तत्काल उद्धार तथा लगत संकलन गरी उपचार बन्दोबस्त सहित पीडितहरूको बसोबासको व्यवस्थापनका लागि स्थानीय सरकार र प्रशासनसँगको समन्वयमा काम गरिने बताए हुन । साथै मुख्यमन्त्री केसीले बाढी प्रभावित क्षेत्रहरुको अध्ययन अवलोकन गरी प्रदेशका १२ वटै जिल्लाका प्रतिवेदन पेश गर्न सम्वन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निर्देशन समेत दिइएको बताएको छन् ।
प्रदेश सरकारले बाढी प्रभावितहरुको व्यवस्थापनका लागि तत्काल पुनःस्थापनाको योजना तय गर्ने भएकाले प्रदेशका सबै जिल्लाहरुमा पत्राचार समेत गरिएको उनले बताए । बाढी प्रभावित क्षेत्रको प्रारम्भिक क्षेत्रको विवरण बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनले मुख्यमन्त्री केसीलाई बुझाएका हुन् ।
यसैबीच बुधवार लुम्बिनी प्रदेशका अर्थमन्त्री कृष्णध्वज खड्कासहित दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार रेखा शर्मा र प्रदेशसभा उम्मेदवार राजु खनालसहितको टोलीले बंगलाचुली गाउँपालिकाका वडा नं. ३ र ४ बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
२६ आश्विन २०७९, बुधबार
प्रतिक्रिया