भगवती न्यौपाने
कपिलवस्तु २६ असोज । एमालेको नेतृत्वमा सरकार बनेको ३ महिना भित्र नेपाली नागरिकताको समस्या समाधान गर्ने कपिलबस्तु जिल्लाको क्षेत्र नं. १ मा नेकपा एमालेका प्रतिनिधीसभाका उम्मेदवार बलराम अधिकारीले वताउनु भएको । जनताको आधारभुत आवश्यकता परिपुर्तिसंगै मूल समस्या समाधान गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सधै लागि पर्ने बताउनु भएको छ । निर्वाचनको बिषयमा संचारकर्मीसंग कुराकानी गर्दै उम्मेदवार अधिकारीले पाटीले अगाडी सारेका निति, कार्यक्रम र उदेश्यहरु नेपाली जनताको हितमा रहेको बताउनुभयो ।एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज रहनु भएका अधिकारीले समृद्ध जिल्ला सुखी जनताको नारालाई साकार पार्नका निम्ति आफू उम्मदेवार रहेकोे बताउनुभयो ।
यसैगरी गठबन्धबाट क्षेत्र नं. १ मा प्रनिधिसभा तर्फ माओवादी केन्द्रका चक्रपाणी खनाल (बलदेव) ले राष्ट्रिय विकासको योजना संगै कपिलबस्तुलाई पनि विकास गर्नका निम्ती आफु सधै लागि पर्ने बताउनुभएको छ । बुद्ध आवाज टेलिभिजन संग सक्षिप्त निर्वाचनको बिषयमा कुराकानी गर्दै बोलेका कुरा कुरामा मात्रै सिमित नरहेर समाज परिवर्तनमा जोड दिने बताउनुभयो ।माओवादी केन्द्रका केन्द्रिय सचिव एवम लुम्बिनी प्रदेश इन्चार्ज बल्देबले निरन्तर जनताको सेवामा लाग्ने बताउदै अघिलो चुनावका बाकि प्रतिबद्धता पुरा गर्ने जिकिर गर्नु भयो । विकास निमार्ण सँगै शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई प्रहिलो प्राथमिक दिने बताउनु भयो ।
२६ आश्विन २०७९, बुधबार
प्रतिक्रिया