ब्रेकिंग न्युज

स्थानीय पाठ्यक्रम निर्माणको काम शुरु: के के विषय समाबेश हुदैछन् त ?



दिपक भण्डारी

कपिलवस्तु, २७ असोज । स्थानीय पाठ्यक्रम निर्माणका लागि सरोकारवालाहरुसँग कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा विजयनगर गाउँ पालिकाको आयोजनामा स्थानीय पाठ्यक्रम निर्माणका लागि गाउँपालिका स्तरिय सरोकारवाला हरु वाट सुझाव सङ्कलन कार्यक्रम आज बिजयनगर गाउँपालिकाको सभाहलमा सम्पन्न भयको छ ।सम्भव भए सम्म आगामी शैक्षिक सत्र सम्म स्थानीय पाठ्यक्रमको पढाइ सुरू गर्ने, स्थानीय आवश्यकता, विषयवस्तु, स्थानीय विज्ञको सुझाव र सहयोगमा पाठ्यपुस्तक तयार गर्ने पाठयक्रममा विजयनगरको स्थानिय परिवेस समाबेस , प्रम्परागत शिप प्रबिधी, आर्थिक कृयाकलापहरु, सामाजिक अबस्था , बन जंगल परावरण, भुगोल इतिहास सामाजिक मुल्य मान्यता नदिनाला खोलानाला मठमन्दिर , सामाजिक ब्यतिका जिवनी समेत समावेस गरेर पाठ्यक्रम निर्माण गर्ने गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो ।

कार्यशालामा शिक्षा शाखा प्रमुख हरीहर बेल्वासेले स्थानीय पाठ्यक्रम निर्माण आजको आवश्यकता भएको औंलाउँदै यसको निर्माण र कार्यान्वयनमा समस्याहरू पनि रहेको बताउनुभएको थियो । उहाँले सवैको सहकार्यमा सफलता हात पार्न सकिने बताउनु भयो । संस्कृति, सामाजिक विविधता, इतिहास, सांस्कृतिक सम्पदा, पुरातत्व, परम्परागत तथा प्रचलित सीप तथा कला, ऐतिहासिकता, भूगोल, प्राकृतिक सम्पदा सहितका विषयमा सरोकारवालाहरुले छलफल गरी टिपोट बुझाएका छन् ।कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष दिनेश चौधरीको स्वागत मन्तव्य रहेको थियो भने इन्द्रेणी ग्रामिण विकास केन्द्र नेपालका परियोजना संमयोजक राम बुढा मगर , कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यक्रम अधिकृत अशोक चन्द्र लम्साल, शिक्षक , राजनितिक दलका प्रतिनिधि युवा समाजसेवी लगायतको उपस्थिति रहेको थियो, कार्यक्रम सहजिकरण पुर्व जिल्ला शिक्षा अधिकारी बाबुराम भट्टराईले गर्नु भएको थियो ।

प्रकाशित : २७ आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६